स्वास्थ्य क्षेत्रको नीति, कानून र सुशासन प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले गण्डकी प्रदेशमा डेङ्गी संक्रमण दर उच्च रहेको बताउदै परिक्षणका लागि प्रयाप्त किटको व्यवस्था मिलाएको बताउनुभयो । पाठकले स्वास्थ्य क्षेत्रको नीति, कानून र शुसासन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिनका १०० योजना अघि सारेको बताउदै सबैको सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको नीतिगत सुधार गर्दै आवश्यक कानून निर्माण तथा स्वास्थ्य क्षेत्रको वेथिति सुधार गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

“६ महिना, दुई वर्ष र ५ वर्षका लागि कार्यान्वयन गर्ने १०० योजना सार्वजनिक गरेको छु यही योजनामा स्वास्थ्यकर्मी तल्लिन हुन आवश्यक छ, सबैको सहयोग चाहिन्छ, त्यस्ता योजनाको कार्यान्वयन भए नभएको अनुमगन भइरहन्छ” पाठकले भन्नुभयो “धौलागिरी अस्पताललाई सुधार गर्नका लागि आफू सजग रहेको बताउदै आफ्नो मन्त्रालयले चेतावनी दिइरहेको बताउनुभयो ।”

आफुले गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा, दमौली र मध्यविन्दु अस्पताललाई ट्रमा सेन्टरको रूपमा समेत विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

धौलागिरी अस्पतालमा व्यवस्थापन समिति र प्रशासनको खटपटको विषयमा मन्त्रालयलाई अप्रिय निर्णय गर्न बाध्य नबनाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसीले एमालेबाट सरकारमा गएको मन्त्री नभएर सबै जनाको मन्त्री भएको बताउदै सकरात्मक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

धौलागिरी अस्पतालमा सानोतिनो उपचारको लागि पनि समस्या झेल्नुपरेको गुनासो मन्त्री पाठकलाई पत्रकारहरूले गरेका थिए ।

कार्यक्रम प्रेस चौतरी बागलुङका अध्यक्ष सृजना पन्तको अध्यक्षता, उपाध्यक्ष खेमराज गौतम सुवासको स्वागत तथा सचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *