आदर्श अनलाइन, बागलुङ
बागलुङको कुँडेलेमा शालग्राम संरक्षणका लागि संग्रहालय बनाएको छ वर्ष पुग्यो । तिरुपती बालाजीधाममा संग्रह गरेका २४ हजार शालग्रामलाई संग्रहालयमा राख्ने संग्रहालय बनाएपनि शालग्राम सरक्षण अभियानले तिब्रता पाएपछि शालग्रामको संख्या बढाएर शवा लाख पु¥याइयो । अहिले उक्त संग्रहालयमा शालग्रामको संख्या बढाएर पाँच लाख पु¥याउने लक्ष्य राखिएको छ ।
भूमिगत संग्रहालयमा सजायर राखिएका शाखग्राम शिला दर्शनका लागि आउने नेपाली तथा विदेशी पर्यटकहरुको संख्या बढेपछि शालग्रामको संख्यालाई थप गर्ने योजना श्रीधराचार्य शालग्राम संग्रहालयले लिएको छ ।
श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषी प्रपन्नचार्यले लोप हुन थालेको शालग्रामको महत्व बढ्दै जानु, संग्रहालय अवलोकनका लागि आउने धार्मिक पर्यटकको संख्या बढ्दै जादा संग्रहालयमा शालग्रमको संख्या थपेर पाँच लाख पु¥याउन थालेको बताउनुभयो ।
“कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिला हिन्दु धर्मालम्बीका लागि पुज्य छ, तर कालीगण्डकी नदीको दोहन र शालग्रामको चोरी बढेकाले पछिल्लो पिढीलाई शालग्राम देख्नै नपाएने अवस्था नआउला भन्न सकिदैन” अध्यक्ष प्रपन्नचार्यले भन्नुभयो “शालग्रामको संरक्षण संगै धार्मिक पर्यटक भित्राउने हाम्रो लक्ष्य थियो, २४ हजार शालग्राम संकलन गरी थालेको संरक्षण अभियानलाई सवालाखमा पु¥याएको थियो, अहिले संग्रहालयको पूर्व तर्फ शालग्राम राख्नका लागि पूर्वाधार समेत तयारी छ, हामीले दोस्रो चरणमा तीन लाख शालग्राम पु¥याउछौ, केही वर्षभित्र शालग्रामको संख्या बढाएर पाँच लाख पु¥याउने योजना छ, एकै पटक पाँच लाख शालग्राम संग्रह गरिएको स्थान विश्वमै चर्चित बन्नेछ ।”
प्रपन्नचार्यका अनुसार शालग्राम संरक्षण र पर्यटकीय पूर्वाधारलाई एकसाथ अघि बढिरहेकोे छ । लोपन्मुख मानिएको शालग्राम शिलाको संग्रहगरी बनाइएको संग्रहालयमा पर्यटकको आकर्षण बढेपछि शालग्राम संरक्षण अभियानले समेत तिब्रता पाएको हो । एकै पटक सवालाख शालग्रामको दर्शन गर्न पाइने भएपछि यहाँको शालग्राम संग्रहालयमा धार्मिक पर्यटकहरुको संख्यामा वार्षिक वृद्धि समेत भइरहेको छ । धार्मिक महत्व जगाउन, कालीगण्डकी सभ्यता जोगाउन र शालग्रामको संरक्षणका लागि थालिएको वर्षोदेखि योजनाले क्रमश सफलता पाउदै आएको छ ।
विश्वमै दुर्लभ मानिएको शालग्राम शिलाको संरक्षण र प्रचार–प्रसारका कारण बागलुङ नगरपालिका–४ कुडुँले स्थित शालग्राम संग्रहालयमा धार्मिक पर्यटकहरु आउने क्रम बढ्दै गएको छ । दशैं र तिहार जस्ता चाड पर्वको समयमा धेरैमात्रमा धार्मिक पर्यटकहरु आउने गरेका छन् ।
चार वर्षदेखि सर्वसाधरणलाई खुल्ला गरिएको भूमिगत शालग्राम संग्रहालयले शालग्रामको संरक्षणका लागि उल्लेखनीय काम गरेपछि भारतीय पर्यटकहरु समेत आकर्षीत बन्न थालेका हुन । मुस्ताङको मुक्तिनाथ देखि म्याग्दी, बागलुङ र पर्वत भएर वहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाईने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजी धाममा श्रीधराचार्य शालग्राम संग्रहालय निर्माण पछि शालग्राम दर्शनका लागि आउने धार्मिक पर्यटकको संख्यमा वृद्धि भएका कारण शालग्राम संरक्षण संगै यसको संख्या बढाउनका लागि अहिले शालग्राम संकलनको काम भइरहेको अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।
हिन्दुधर्मालम्बीहरुका लागि कालो रंगको बाटुलो शिला (ढुंगा) शालग्राम अति पूजनीय मानिन्छ । बैष्णवहरु र सनातनीहरुले शालिग्रामलाई साक्षात बिष्णुको अवतारका रुपमा लिने गरेको उहाँको भनाई छ । लोप हुँदै गएको शालग्रामलाई वर्षौदेखि संग्रह गरी संग्रहालयमा राखेको र अहिले शालग्रामको संख्या थप गर्नका लागि कालीगण्डकीमा शालग्राम संकलनको कार्यले तिब्रता पाएको उहाँको भनाई छ ।
संग्रहालय अवलोनका लागि विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धर्मलम्बीहरु अवलोकन भ्रमणका लागि उल्लेख्य मात्रमा यहाँ आउने गरेका छन् । अहिले दैनिक दैनिक ३०० को हाराहारीमा पर्यटकहरु शालग्राम दर्शनका लागि आउने गरेका छन् ।
शालग्रामको महिमा बढाउनका लागि संग्रहालयले शालग्रम महोत्सव गर्ने, शालग्राम सम्बन्धी प्रवचन गर्ने र शालग्राम दर्शनपछि पुण्य कमाउने विश्वासका साथ यहाँ आउने दर्शनार्थीहरुको संख्यामा वृद्धि भएको हो । शालग्रामको महत्व बढ्दै गएपछि संग्रहालयमा शालग्रम थप गरेर पाँच लाख पु¥याउने लगायतका अन्य अभियानले स्थानीयलाई उत्साह छाएको राम प्रसाद शर्माले जानकारी दिनुभयो ।
हिन्दु धर्मालम्वीहरुले शालग्रामको पूजा आरधना गर्न गर्ने गरेपनि बर्तमान समयमा भने शालग्राम शिलाको शंरक्षण अभावमा हराउदै गएको अवस्थामा बागलुङमा संरक्षण अभियान चलाइएको हो ।
भगवना शिवको प्रिय अस्त्रका रुपमा मानिने त्रिशुल आकारमा भू–गर्भ भित्र ७६ मिटर लामो शुरुङ निर्माण गरि व्यवस्थीतरुपमा शालग्राम संग्रहालय, त्रिवेणी धाम देखी दामोदर कुण्ड सम्मको नक्सा, विभिन्न मठ मन्दिरका आकृतिहरु, वृतचित्र प्रदर्शनी कक्ष लगायतका संरचना अवलकोकन गर्न सकिन्छ । संग्रहालयमा सासाना सालग्राम देखि ३ सय केजीको सम्मको शालग्राम संग्रहीत छ ।