बागलुङमा कांग्रेसको आन्तरिक प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रशिक्षण विभागको आयोजनामा मंगलबार बागलुङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

समसामयिक राजनीति, संगठन निर्माण तथा कांग्रेसको आगामी कार्यदिशा तय गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको बताइएको छ । साथै पार्टी कार्यकर्तामा अनुशासन बढाउने, आगामी निर्वाचन लक्षित कार्यक्रमहरु गाउँ तहसम्म लैजाने लगायतको काममा पनि प्रशिक्षणले योगदान पुग्ने कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए ।

कांग्रेसको बागलुङ जिल्ला भित्रका महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य, पदाधिकारी, पालिका, प्रदेश क्षेत्र तथा वडा तहका पदाधिकारी समेत कार्यक्रममा सहभागि थिए । प्रशिक्षणमा भाग लिन गण्डकी प्रदेश सभाका पदाधिकारी र सदस्य समेत उपस्थित थिए । झण्डै ४ सय जनाको उपस्थितिमा प्रशिक्षण भएको कांग्रेसले जनाएको छ ।

प्रशिक्षणमा संस्थागत पार्टी संगठन निर्माण, प्रकृया र नेतृत्व बिकास बारे बीरेन्द्र शाहले प्रशिक्षण गरेका थिए । त्यस्तै नेपाली कांग्रेस समाजवादी आर्थिक नीति र बर्तमान अबस्था बारे डा. रघुराज काफ्ले र सकारात्मक सोच र उत्प्रेरणा बारेमा रवि किरणले प्रशिक्षण दिएका थिए ।

नेपाली कांग्रेस प्रदेश समितिका सभापति शुक्रवार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षण बिभाग प्रमुख कल्पना तिवारी, बागलुङ नगरपालिकाका प्रमुख तथा गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन लगायतले मन्तव्य समेत राखेका थिए ।

कांग्रेसले प्रशिक्षण मार्फत कार्यकर्तालाई संस्थागत बनाउने अभियान समेत थालेको हो । यो अभियानलाई सबै जिल्लामा लैजाने गरी काम भैरहेको प्रदेश समितिका सदस्य हरिप्रसाद बरालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *