गाउँमा भन्दा बजारमा देउसी भैलोको रौनकता


खेमराज गौतम, बागलुङ
बागलुङमा तिहारको रौनकता छाइसकेको छ । तिहारमा खेलिने देउसी भैलोले यसतिबेला बागलुङ बजार गुन्जयमान छ । गाउँमा फ्याट्ट फुट्ट देखिने देउसी भैलो बजारका चोक–चोकमा देख्न पाइन्छ । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् । यतिबेला क्षति समाज बागलुङ, मगर संघ बागलुङ, डाइनामिक डान्स ग्रुप बागलुङ र मगर आमा समूह लगायतको देउसी भैलोले बागलुङ बजार गुञ्जयमान भएको छ ।

पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसंगै देउसी भैलोको मौलिकता मासिएको गुनासो बढिरहेको छ । रेडर्क गरिएका आधुनिक गितले देउसी भैलोको मौलिकता र संस्कृति मासिदै गएको सन्दर्भमा यहाँको मगर संघले भनयानीमाया, सालैजो जस्ता गीत देउसी भैलोमा समावेश गरेको छ ।

देउसी भैलो कन्र्सट जस्ता भए भन्ने आम गुनासोलाई चिर्दै नेपालको जातजाती र भाषा संस्कृतिलाई समेटेर भैलो देखाइएको मगर संघ बागलुङका सचिवालय सदस्य तथा प्रचार प्रसार प्रमुख संघम घर्तीले जानकारी दिनुभयो । गाउँ–गाउँमा खेलिने देउसी भैलो पछिल्लो समय शहर केन्द्रित भएको बताउनुभयो । “गाउँमा अहिले जनसंख्या कम छ, देउसी भैलो खेल्ने युवा युवतीहरु कम छन्, बजारमा ठूलो जनसंख्या छ, थोरै थोरै सहयोग भएपनी धेरै हुन्छ” घर्तीले भन्नुभयो “मगर संस्कृति संरक्षण गर्दै कोष स्थापनाका लागि बागलुङ बजारमा देउसी भैलो खेलिरहेका छौं ।”

गरिब विद्यार्थीलाई कापि, कलम, रोगीलाई सहयोग गर्नका लागि सुनौलो संस्था बागलुङले बरेङ बजार क्षेत्रमा देउसै भैलो खेलिरहेको संस्थाका अध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो ।

नेपालका सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएको देउसैभैलोमा नाँचगान प्रस्तुत गरिएको उहाँको भनाई छ । देउसी भैलोमा मारुनी, सालैजो, यानिमाया र सुनिमाया जस्ता गीतहरु देउसै भैलोमा घन्किरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *