खेमराज गौतम, बागलुङ
बागलुङ–बेनी राजमार्ग अन्र्तगत अहिले बाङ्गेचौर देखि रत्नेचौर तर्फको सडक मर्मतको काम चलिरहेको छ । म्याग्दी खण्डमा स्तरोन्नती भएर चिटिक्क बनेको उक्त सडक बागलुङ तर्फको सडक वर्षोदेखि न स्तरोन्नती हुन सकेको छ नत चिल्लो नै ।
उक्त सडक खण्डमा पछिल्लो एक दशक यता स्तरोन्नती हुन सकेको छैन । सडक डिभिजन कार्यालय बागलुङले वर्षौदेखि खाल्टा–खुल्टी टालेरै काम चलाउदै आएको छ ।
बाङ्गेचौर देखि रत्नेचौर सम्मको सडक खण्डमा सयौ खाल्टा पर्नेकाम भइरहेको भने कतै पुरै सडक समेत कालोपत्र गरिएको छ । तर केही सडकमा भने नाली बिनै सडक कालोपत्र गरेको पाइएको छ । दस्र्घकालिन सडकका लागि स्तरीय नाली अनिवार्य भएपनि यस ११ किमि खण्डको नाली छेत बिच्छेद छ । कतै बुझिएको सडक नाली खोल्न समेत सडक डिभिजन कार्यालयले नसकेको अवस्था छ ।
कतै कालोपत्र सडक उप्किएको छ भने कतै सडक धुलाम्मे देखिन्छ । नाली भत्किएर सडकमा बगेको पानीले भएको कालोपत्र समेत उप्काएको छ । वर्षौदेखि सडक स्तरोन्नती नहुँदा टालेरै राजमार्गमा काम चलाउदै आएको सडक डिभिजन कार्यालयले यस पटक सडकको नाली मर्मत नगरी कालोपत्र गरिरहेको छ । उपल्लाचौर स्थित बागलुङ नयाँ बसपार्कमा नाली नभएको स्थानमा सडक कालोपत्र गरिएको छ । नालीबिनै बनेको कालोपत्र दीर्घकालिन नहुँने गर्द छ ।
बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि टालेरै काम चलाइने गरिएको । सडक डिभिजन कार्यालय बागलुङले बर्सेनी सडक मर्मतका नाममा लाखौं रकम खर्चदै आएपनि उक्त सडक न चौडा भएको छ न चिल्लो । रत्नेचौरबाट खबरासम्मको चार किलोमिटर सडक कालोपत्रले सुधार आएपनि रत्नेचौर सम्म वर्षेनी सडकका खाल्टा टालेरै काम चलाउदै आएको छ ।
राजमार्गको कालीगण्डकी करिडोर अन्र्तगत मालढुङगा–बेनी कुँदै कोरोला पुग्ने सडकको बैकल्पिक राजमार्गको रुपमा सयौ सवारीसाधन चल्ने बागलुङ–बेनी राजमार्ग साँघुरोले दुर्घटनाको जोखिम समेत निम्ताएको स्थानीय रमाकान्त सापकोटाले जानकारी दिनुभयो ।
“जुन अवस्थामा ट्रयाक खोलेको थियो, त्यही अवस्थामै कालोपत्र छ, ठूला बस गुड्दा एक तर्फी मात्रै सवारीसाधन चल्नछन्, कतिपय स्थानमा सडक नाली छैन” उहाँले भन्नुभयो “ अहिले नाली मर्मत भएको छैन सडक कालोपत्र टरेर टालिएको छ तर नाली बिनाको सडक एक वर्षभन्दा टिक्दैन, बागलुङ हुँदै कोरोला पुग्ने साना ठूला सवारीसाधन यही सडकबाट गुड्छन्, मालढुङ्गा बेनी–सडक एकसाथ स्तरोन्नती नहुँदा वर्षेनी सडक विग्रिदै आएको छ ।”
कतै कालोपत्र सडक छ, नाली छैन भने नाली राम्रो भएको ठाउँमा सडक बिग्रदा यात्रुलाई सास्ती भएको छ । बर्सेनि मर्मतसम्भार गर्दैआए पनि पूरै नयाँ बनाउन बजेट अभाव रहेकाले समस्या भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिनुभयो । अहिले सडक मर्मतका लागि मात्रै बजेट आएकाले नाली बनाउन नसकिएको बताउदै आगमी दिनमा नालीलाई प्राथमिकता दिने बताउनुभयो ।
“सडक डिभिजन कार्यालयले सडकको संरक्षण गर्नु प्रमुख दायित्व हो, बागलुङ रत्नेचौर देखि बेनी जोड्ने सडकको पहिलो ११ किमि सडक निकै साँघुरो छ, खाल्टा खुल्टी वर्षेनी टाल्दै आएका छौं” सुवेदीले भन्नुभयो “अहिले खाल्टाखुल्टी टाल्ने काम भइरहेको छ, ठूलो बजेट नहुँदा स्तरोन्नतीन गरी खाल्टाखुल्टी पुर्दामात्रै काम नदेखिएको हो ।”
बाङ्गेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दै आएपनि सडकमा गरिएको लगानी बालुवामा पानी जस्तै भएको छ । बागलुङ देखि रत्नेचौर सम्मको सडकमा वर्षेनी दुर्घटना समेत हुँदै आएका छन् ।
बागलुङको बाङ्गेचौर देखि रत्नेचौरसम्मको सडकमा अहिले रु.२० लाखको लागतमा ठेक्कामार्फत मर्मत सम्भार र खाल्टा खुल्टी टाल्न थालिएको हो ।