२४ वर्ष पछि हरी बोधनी एकादशी मेला

आदर्श अनलाइन, बागलुङ
पश्चिम क्षेत्रको ठूलो मेलाको रुपमा लिइएको हरीबोधनी एकादशी मेला २४ वर्ष यता सञ्चालनमा छैन । एकादशीको दिन बागलुङ स्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने उक्त मेलामा हजारौको भीड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागि समेत उक्त मेला प्रसिद्ध थियो । तर शान्ति सुरक्षा र द्वन्द्वका कारण लोप भएको मेला यहाँका स्थानीयले २४ वर्षपछि व्युत्याउन थालेका छन् ।

हजारौंले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र हरी बोधनी एकादशी मेलाको अवसरमा कालीगण्डकीमा तार्ने काम गरिने भएपनि उक्त परम्परा २४ वर्ष यता लोप भएको छ ।

यहाँको चैते दशैं भन्दा ठूलो मेलाको रुपमा परिचित हरिबोधनी एकादशी मेलालाई यहाँका अगुवाहरुले यस वर्षदेखि विउत्याउने योजना बनाएका छन् । यस वर्षको हरिबोधनी एकादशी मेला सञ्चालन गर्नका लागि हरी बोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ ।

हरी बोधनी एकादशी मेला औपचारिक रुपमा करिब २४ वर्षपछि गर्न थालिएको हरी बोधनी एकादशी मेला संरक्षण समितिका अध्यक्ष रमेश राजभण्डारीले जानकारी दिनुभयो ।

राजभण्डारीले कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरी बोधनी एकादशी मेला २४ वर्षपछि आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत बताउनुभयो ।

“२०५७ सालमा जिल्ला प्रशासनलेनै शान्ति सुरक्षालाई लिएर मेला लगाउन बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न नसकेको हो” राजभण्डारीले भन्नुभयो “एकादशीसंग जोडिएको मेलालाई संरक्षण गर्नु हामी सबैको दायित्व हो, एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहेपनि संस्थागत रुपमा मेला लगाउन आवश्यकता महशुस गरिएकाले कात्तिक २१ गतेबाटै कालीगण्डीमा तान्ने तोरण बाट्न शुरु गरिएको छ, उक्त दिन व्यक्तिगत रुपमा समेत तोरण लिएर आउन आग्रह गरिएको छ, बाबियो र कुशबाट बनाइउने तोरण १०८ मिटर भन्दा बढी लामो हुनेछ ।”

तोरणलाई बैदिक रुपमा निर्माण गरिने छ । २०५७ साल अघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयास समेत भएपछि रातीमा लाग्ने एकादशी मेला क्रमश हराउदै गएको थियो । रातभर जाग्रम बसेर भजन कृतन गर्ने र बिहान कालीगण्डकी स्नान गर्ने तोरण तान्ने र पुजा अर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई २४ वर्षपछि आयोजना गर्न विभिन्न उपसमिति समेत आयोजना गरिएको छ ।

आरती बाचक तथा गायक रमेश खड्काले पुखौदेखि लाग्दै आएको बागलुङको हरी बोधनी एकादशी मेला नेपालकै ठूलो मेला मेध्यको एक रहेपछि पछिल्लो समय हराएपछि व्युताउन थालिएको बताउनुभयो । मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाई र दिप समेत प्रज्वलन गरिने छ ।

उहाँले टिस्टा र बागलुङमा लाग्ने एकादशी मेला नेपालकै ठूलो मेला भएपनि विगत २४ वर्ष यता लाग्न छोडेको बताउनुभयो । “गत वर्ष तोरन तान्ने काम भयो, केही शुरुवात गरियो, एक लाख खर्च मसेत भयो व्यक्तिगत प्रयासले सफलता पाउन सकेन, अहिले धार्मिक व्यक्तीहरुको सहयोग तथा स्थानीय पालिकाको आश्वासनमा मेला लगाउन थालिएको छ” खड्काले भन्नुभयो “यो मेला मात्रै नभएर एकादशी संग जोडिएको संस्कृति हो, पहिला रातमा हुने मेला अहिले दिउँसोमा लगाउन थालेका छौं, मेला संरक्षणमा सबैको सहयोग हुनेछ ।”

२६ गते तोरणलाई बागलुङ बजारमा शोभायात्रा सहित परिक्रमा गर्ने र २७ गते कालीगण्डकी नदी किनार निरयघाटमा तोरण सहित प्रस्थान गरिनेछ । मेला, धार्मिक पुजा, तोरण तान्ने लगायतका क्रिर्याकलापहरु सञ्चालन गर्न यसवर्षबाट शुरुवात गरिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

बागलुङका सरोकारवाला निकायले ऐतिहासिक हरीबोधनी एकादशी मेला संरक्षणमा ध्यान दिन थालेको कँडेलको भनाई छ । कँडेलले आफ्नो धर्म, संस्कृति र परम्परालाई आगमी दिनमा पर्यटन संग जोड्नका लागि मेलालाई २४ वर्षपछि व्युत्याउन थालिएको बताउनुभयो ।

मेलाका लागि तोरण संयोजक, भजन संयोजक, आर्थिक व्यवस्थापन संयोजक, दिप संकलन, गंगा पुजन र सरसफाई कार्यक्रम लगायतका उपसमिति समेत गठन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *