सिगाना मावि बन्यो पहिलो बालमैत्री विद्यालय

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय लामिचौर नगरकै पहिलो बालमैत्री विद्यालय भएको छ । पर्याप्त भौतिक पूर्वाधार, बालमैत्री शिक्षण सिकाई क्रियाकलाप, बालमैत्री संरचना लगायतका सूचक पूरा गर्ने नगरको पहिलो बालमैत्री विद्यालयको रुपमा बागलुङ नगरपालिकाले बिहीबार एक समारोहका बीच घोषणा गरिएको छ ।

बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाको चरणमा रहेको बागलुङ नगरपालिकाको पहिलो बालमैत्री विद्यालय घोषणा गरी घोषणा अभियानको थालनी गरेको छ । नगरपालिकाले आगमी पुस मसान्त भित्र नगरलाई बागलुङको दोस्रो बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ ।

विद्यालयले पुरा गर्नुपर्ने शुद्ध खानेपानी, बालमैत्री शौचालय, कुहिने नकुहिने फोहोर व्यवस्थापन, अतिरिक्त क्रिर्याकलाप, भौतिक पूर्वाधार, सुविधा सम्पन्न डेक्स बेच्न, बालमैत्री व्यवहार र बालसहभागिता लगायतका आधारमा १७ सूचक पुरा गर्ने पहिलो विद्यालय बन्न सफल भएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

भौतिक संरचना, बालमैत्री पूर्वाधार र बालमैत्री शिक्षण क्रिर्याकलप, फोहोर व्यवस्थापन, खानेपानी शौचालय जस्ता १७ सूचन पुरा गर्ने पहिलो विद्यालयका रुपमा सिगाना माध्यामिक विद्यालयलाई घोषणा गरिएको खड्काले बताउनुभयो । खड्काले विद्यालयलाई प्रोत्साहन स्वरुप रु. ४० हजार समेत पुरस्कार प्रदान गर्नुभएको थियो ।

No description available.

“सामुदायिक विद्यालयमध्ये सिगाना माध्यामिक विद्यालय नमूना जस्तै बनेको छ, पालिकाको दुर्गममा रहेर विद्यालयले आफूलाई अहिलेको प्रविधि सुहाउदो ढंगमा परिमार्जन गर्न सफल भएको छ, व्यक्तिगत रुपमा समेत मैले प्रोत्साहन गरेको छु” नगर उपप्रमुख खड्काले भन्नुभयो “बालमैत्री नगरपालिका घोषणाको अन्तिम चरणमा पुगेको नगरपालिकाले पहिलो विद्यालय घोषणा गरेर कार्यक्रम अघि बढाएको छ, अन्य विद्यालयले समेत बालम्रत्री विद्यालयको रुपमा अघि बढाउन सबै विद्यालयका प्रधानध्यापकलाई अनुगमनका लागि घोषणा कार्यक्रममा बोलाइएको थियो ।”

एक करोडको भौतीक संरचना तयार पारेको विद्यालयमा अत्याधुनिक प्रविधिबाट पढाई समेत हुने गरेको छ । स्मार्ट बोर्डबाट अध्यापन गरिने, जिल्लाकै नमूना चिल्ड्रेन पार्क भएको विद्यालयबाट अन्य विद्यालयलाई समेत अघि बढाउन प्रेरणा मिल्ने बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

नगरपालिकाको पहिलो बालमैत्री विद्यालयको ताम्रापत्र अनावरण गरेर गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापाले अनावरण गर्नुभएको थियो । अनावरणपछि बोल्दै प्रदेशसभा सदस्य थापाले बालमैत्री अभियान विद्यालयबाट शुरु हुनेभन्दै बालमैत्री शिक्षण सिकाई बिना गुणस्तरीय शिक्षाको कल्पना गर्न नसकिने बताउनुभयो ।

थापाले विद्यार्थीको शैक्षिक गुणस्तरमा बालबालिकाको रुची, चाहना र आवश्यकता अनुसार विद्यालयको ढाँचा नेपालको संविधानले परिकल्पना गरेको बताउनुभयो । बाल अधिकारको मुख्य कार्यान्वयन गर्न बालमैत्री स्थानीय शासन युक्त नगरपालिकाले ठूलो सहयोग पु¥याउने बताउनुभयो ।

रु. एक करोड खर्चेर विद्यालको भौतिक संरचनालाई बालमैत्री बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाले बताउनुभयो । उहाँले विद्यालयमा शुद्ध खानेपानी, बालमैत्री संरचना र खेलमैदान लगायतका पूर्वाधार संगै शैक्षिक गुणस्तरमा समेत ध्यान दिएको बताउनुभयो ।

अध्यक्ष थापाले विद्यालय सुधारका लागि दृण इच्छाशक्ती हुन आवश्यक रहेको बताउदै नगरपालिकाले पहिलो बालमैत्री विद्यालयको रुपमा आफूलाई प्रमाणपत्र दिदा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष छम बहादुर कार्की, नगर शिक्षा समितिका सदस्य गोपाल कुमार शर्मा, जनता धन माध्यामिक विद्यालयका प्रधानध्यापक कुमार पौडेल, वडा स्तरीय बाल समितिका अध्यक्ष सिजन ओली, बिद्यार्थी मलिन परियारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उपप्रमुख खड्काले विद्यालयलाई व्यक्तिगतरुपमा ४० हजार नगद पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा बालमैत्री सूचकको प्रकृयाको विषयमा बालमैत्री नगर संयोजक तिलक आचार्यले बताउनुभएको थियो । कार्यक्रममा विद्यालयको वर्तमान प्रगतीको विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाले जानकारी गराउनुभएको थियो ।

थापाले भौतिक पूर्वाधार पछि गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक लोक बहादुर खड्काको स्वागत, शिक्षक भुपेन्द्र कार्की र शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा भगवती प्राथमिक विद्यालयका प्रधानध्यापक भद्र कार्कीलाई सम्मान तथा नगर शिक्षा शिक्षा अधिकृत पूर्ण बहादुर घर्तीलाई स्वागत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *