परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित


आदर्श अनलाइन, बागलुङ

नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा चितवनका डा.राजेन्द्र बहादुर श्रेष्ठ बिजयी हुनुभएको छ । अधिवेशनमा देशभरका २७ शाखाका प्रतिनिधि र पर्यवक्षेकहरुको सहभागिता रहेको थियो । बागलुङ बजारमा सम्पन्न ४२ औँ केन्द्रीय सभामा अध्यक्ष पदमा चार जना प्रतिस्प्रधा रहेको थियो ।

निर्वाचनको मत परिणाम अनुसार डा. राजेन्द्र बहादुर श्रेष्ठ र निरन्जन प्रसाद श्रेष्ठले बराबर मत प्राप्त गर्नुभइको थियो । मतपरिणाम गन्दा बराबर मत प्राप्त गरेपछि गोलाप्रर्था रोजिएको थियो ।

दुबैजनाको १०/१० मत रहेपछि गोलाप्रर्थाद्वारा डा.राजेन्द्र बहादुर श्रेष्ठ बिजयी हुनुभएको निर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिनुभयो । अध्यक्षका अन्य प्रत्यासी मनोज प्रसाद उप्रेदीले पाँच र डा. किरण रेग्मीले २ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै कोषाध्यक्षमा निर्माण कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । प्रतिस्पर्धी जनक राज जोशीलाई २ मतान्तरले हराउँदै श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित हुनु भएको हो । श्रेष्ठले १२ मत प्राप्त गरी बिजयी हुँदा प्रतिस्प्रर्धी जनकराज जोशीले १० र सुरेन्द्र बस्नेतले पाँच मत मात्र प्राप्त गर्नुभएको थियो ।

यस्तै महिला सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । २ जनाको महिला पदमा तीन जनाको प्रतिस्प्रधा रहेको थियो ।

कमला सापकोटाले २० र राधिका गुरुङले १६ मत प्राप्त गरी बिजयी हुँदा नितु बस्नेतले १४ मत प्राप्त गर्नुभएको थियो । गौतमका अनुसार नेपाल परिवार नियोजन संघको नेतृत्वका लागि विधान अनुसार अध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य, युवा सदस्य र विशेषज्ञ सदस्य गरी ९ पदमा निर्वाचन सम्पन्न भएको थियो । जसमध्ये युवा र विशेषज्ञ सदस्य पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

निर्विरोध निर्वाचित हुने युवा सदस्यमा प्रमिला खड्का, र भागरथी भट्ट रहनुभएको छ । यस्तै विशेषज्ञ तर्फ यौनिक अल्पसंख्याक वा अपाङ्ग बाट सजिया श्रेष्ठ, कानूनबाट चन्द्रमाया श्रेष्ठ, अर्थबाट गजेन्द्र देव लेखक र यौन तथा प्रजनन् विशेषज्ञबाट दिनेशमान सिंह प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेपाल परिवार नियोजन संघ बागलुङको आतिथ्यतामा संघको ४२ औँ केन्द्रिय सभा शनिवार बागलुङ बजारमा उद्घाटन भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले संघलाई अगाडि बढाउनका लागि निस्वार्थ रुपमा सवैले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

विभिन्न आरोह अवरोह पार गर्दै आएको संघलाई संस्थागत गर्नका लागि राजनैतिक हस्तक्षेप मुक्त बनाउन आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा संघका केन्द्रिय सदस्य सिताकुमारी रानाले संघलाई एकता र संगठित भएर अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा संघका पूर्व केन्द्रिय सदस्य योगेन्द्रमान कर्मचार्य र कार्यकारी निर्देशक डा. प्रविण शाक्यले मंतव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा संघको विकासमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलाई दिर्घ सेवा सम्मान गरिएको थियो । त्यसैगरि विभिन्न शाखा र कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रम संघका अध्यक्ष हिमालय लाल कसजुको अध्यक्षता, नेपाल परिवार नियोजन संघ बागलुङका सभापति निर्माणकुमार श्रेष्ठको स्वागत र महासचिव अर्जुन सिग्देलको संचालनमा सम्पन्न भएको थियो । अधिवेशनमा २७ शाखाका प्रतिनिधि र पर्यवक्षेकहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *