आदर्श अनलाइन, बागलुङ
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अस्पातल भवनमात्रैले गुणस्तरीय सेवा दिन नसक्ने बताउदै अस्पतालमा उपकरण र जनशक्ति चाहिने बताउनुभएको छ ।
हालै निर्माण सम्पन्न गरिएको बागलुङको काठेखोला गाउँपालिका–६ स्थित पाँच शैयाको बिहुँकोट आधारभूत अस्पतालको आज उद्घाटन पछि बोल्दै पौडेलले देशभरमा ४७ वटा भवन बनेको बताउदै उक्त भवनमा जनशक्ति र उपकरणमा सरकारको ध्यान जाने बताउनुभएको छ । उहाँले थोरै भएपनि जनशक्ती पठाउने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।
मन्त्री पौडेलले जनशक्ति र उपकरणा अभावमा भवनले सेवा दिन नसक्ने भन्दै स्वास्थ्य सुविधा दिन सरकारले क्रमश लगानी बढाउदै लगेको बताउनुभयो । तीन तहकै सरकारले स्वास्थ्य, शिक्षा जस्ता सेवामा लगानी गरेको बताउदै एउटा नागरिकलाई तीन तहबाटै सेवा पाउनु संघीयताको सवल पक्ष रहेको बताउनुभयो ।
नागरिकले स्वास्थ्य र शिक्षामा सुविधा पाउन थालेपनि प्रयाप्त नभएको उहाँको भनाई छ । स्रोत अभावका बीच स्वास्थ्य क्षेत्रमा सुधार थालिएको उहाँले जानकारी दिनुभयो । स्रोत बिनाको सिद्वान्त आवश्यक नरहेको बताउदै स्रोत अभावले समस्या भएको भन्दै अस्पताललाई बर्गिकरण गर्न सरकार लागेको बताउनुभयो ।
नेपालमा २ हजार ३०० चिकित्सक तत्कालै आवश्यक रहेको बताउनुभयो । रू छ करोड १२ लाख लागतमा तिलक निर्माण सेवाले उक्त भवन निर्माण सम्पन्न गरेको थियो । दुईतले भवनमा सना–ठूला ५३ वटा कोठा छन् । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी बिहुँकोट स्वास्थ्यचौकी भवनलाई स्तरोन्नती गरी पाँच शैयाको अस्पताल बनाईएको वडा अध्यक्ष वृहस्पती कँडेलले जानकारी दिनुभयो ।
गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिन आधारभूत अस्पताल बनाईएको र चिकित्सक राखेर सेवा दिने योजना रहेको काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले उक्त भवन निर्माण गरेको हो ।