आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परिक्षा (ट्रायल सेन्टर) स्थलको छड्के निरीक्षण गर्नुभएको छ । बुधबार मन्त्री केसी बागलुङ नगरपाकिला–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुग्नुभएको हो ।
मन्त्री केसीले ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परिक्षाको विषयमा जानकारी लिनुभयो । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन परीक्षा प्रणालीलाई सरल र गुनासो नआउने गरी परिक्षा चलाउन यातायात कार्यालय प्रमुख र ट्राफिक प्रहरी प्रमुखलाई निर्देशनसमेत गर्नुभयो ।
उहाँले लाइसेन्स प्राप्तिको नतिजालाई १५ दिनको समयलाई एक हप्तामा ल्याएको बताउँदै मन्त्रालको निर्देशनअनुसार परिक्षाफल प्रकाशन गर्न निरीक्षणका क्रममा यातायात कार्यालय र ट्राफिक प्रहरीलाई जानकारी गराउनुभएको थियो । मन्त्री केसीले दुई पाङ्ग्रे प्रयोगात्मक परिक्षाको १५ मिनेट अवलोकनसमेत गर्नुभएको थियो ।
उहाँले प्रयोगात्मक परिक्षा स्थलमा खटिनुभएका यातायात व्यवस्था कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख अशोक घिमिरे, ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन न्यूरे र अन्य कर्मचारीलाई पारदर्शी ढंगले परिक्षा सञ्चालन गर्न निर्देशन गर्नुभयो । उहाँले सीसीटिभी फुटेज एक महिनासम्म रेकर्ड राख्ने, भीडभाड नगर्ने, परिक्षा स्थललाई सफा राख्ने र परिक्षार्थीले मनोबल उच्च रहनेगरी परिक्षा दिने वातावरण मिलाउन कर्मचारी र ट्राफिक प्रहरीलाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका सांसद केसी गत भदौ १७ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त हुनुभएको थियो । मन्त्री बनेपछि केसीले अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठी लगायतमा समय खेर नफाल्ने निर्णय गर्नुभएको थियो ।
मन्त्रालयको कामकारबाहीको अवस्था बुझेपछि मन्त्री केसी फिल्ड भिजिटमा निस्कन थाल्नुभएको छ । तिहार बिदा सकिएपछि मन्त्री केसी जिल्लाका ठूलो लगानीका पूर्वाधार निर्माण र यातयात क्षेत्रमा भएको समस्याको पहिचानका लागि निस्कन थाल्नुभएको हो । ‘’फिल्डमा जाँदा यथार्थ बुझिन्छ, त्यहाँको खास समस्या बाहिर आउँछ, काम गर्न सहज हुन्छ,झ मन्त्री केसीले भन्नुभयो, ञआफू नअनभिज्ञ रहेमा काम कसरी हुन्छ भन्ने थाहा पाउन र योजना बनाउन स्थलगत अध्ययन आवश्यक हुन्छ ।‘’