लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा धमाधम काम


खेमराज गौतम, बागलुङ

पछि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको १३ किमि सडक कालोपत्रको अन्तिम चरणमा पुगेको छ ।

ठेकेदारले पटक–पटक अलपत्र पारेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्डको अहिले अछेतेमा धमाधम कालोपत्र भइरहेको छ । उक्त १३ किमि लामो सडक दुई वर्षमा सम्झौता भएपनि ८ वर्षमा अन्तिम चरणमा पुगेको हो । अहिले पटी ठेकेदारले निर्माणलाई गति दिएका छन् । १३ किमि मध्ये अहिले १० किमि सडक कालोपत्र भइसकेको छ । चौथो पटक म्याद थपेपछि निर्माणले अन्तिम रुप लिएको छ ।

उपल्लाचौर देखि अछेते हुँदै बयलडाँडा सम्मको १३ किमिमा ठेक्का रद्द गर्ने तयारी भएपनि डेढ वर्ष अघि स्थानीय पेटी ठेकेदारलाई निर्माणको जिम्मेवारी दिने सहमती अनुसार काम अघि बढेको हो ।
अहिले बागलुङ बजारको उपल्लाचौर देखि अछेते सम्मको सडक पुरै सम्पन्न भएको र अछेते बजार देखि बिहुँको बयलडाडाको ३ किमिमा कालोपत्र भइरहेको र अन्य ३ किमिमा ग्राभेलको काम भइरहेको डेढ वर्षदेखि उक्त सडक निर्माणको जिम्मा लिनुभएका निर्माण व्यवसायी राजु गौतमले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीले अलपत्र पारेर छोडेपछि ठेक्का रद्द गर्ने तयारी आयोजनाले गरेपछि स्थानीय समुदायले सडक समेत अबरुद्ध गरेका थिए । सडक अलपत्र परेपछि स्थानीय निर्माण व्यवसायीलाई सडक निर्माणको जिम्मा दिने गरी जिल्ला प्रशासनमा सहमती गरेपछि सडक निर्माणको जिम्मा राजु गौतमले पाउनुभएको थियो । सहायक ठेकेदारको जिम्मा पाएपछि सडक कालोपत्रले गति लिएर अहिले अन्तिम रुप लिएको छ ।

“सिङ्गल कोट कालोपत्र १० किमिमा भएको छ, कालोपत्र सम्पन्न ६ किमिमा भयो, अझै ३ किमि सडकमा कालोपत्रको तयारी भइरहेको छ, पुष मसान्त भित्र कालोपत्र सम्पन्न गर्ने योजना छ” निर्माण व्यवसायी गौतमले भन्नुभयो “सम्झौताको साढे छ वर्ष कालोपत्र नभएको सडक आफूले जिम्मा लिएपछि डेढ वर्षमै सक्न थालेको छु, स्थानीयको साथ र सहयोगले कालोपत्र गर्न सहज भएको हो”
लोकमार्गको उपल्लो खण्ड बिहुँ देखि घोडाबाँधेको १२ किमि सडकको निर्माण व्यवसायीको ठेक्का सम्झौता गरेको ८ वर्षमा ठेक्का रद्द गरी नयाँ निर्माण व्यवसायी काममा आएको छ । लाकमार्गको बागलुङ खण्डमा १४२ किमि सडक पर्ने भएपनि सदरमुकाम खण्ड बाहेक अन्य सडक चार वर्ष अघिनै कालोपत्र सम्पन्न भएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्र्ग अन्र्तगत बिुहँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक पाँच पटक सम्म म्याद थप गर्दा समेत काम नभएपछि गत आर्थिक वर्षमै ठेक्का रद्द गरी नयाँ निर्माण व्यवसायी काममा आएको छ । उपल्लो खण्डमा अहिले पूर्वाधारकोक ाम थालिएको छ ।

यस्तै उपल्लाचौर देखि १३ किलोमिटर सडकको भारत/ सिद्धिसाई जेवी संग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । निर्माण व्यवसायी पटक पटक सडक अलपत्र पारेर सम्र्क बिहिन भएपनि स्थानीय पेटी ठेकेदार मार्फत काम गर्दा प्रगति भएको हो । चौथो पटक म्याद थप गर्दा बल्ल कालोपत्र अन्तिम चरणमा पुगेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो । उहाँले तल्लोखण्डमा कालोपत्रको काम अन्तिम चरण्मा पुगेको बनाउदै ७७ प्रतिशत वित्तिय र ८० प्रतिशत भौतिक प्रगती भएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *