धौलागिरि अस्पताल : दुई वर्षमा सातसय हड्डी रोगको शल्यक्रिर्या


खेमराज गौतम, बागलुङ

धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञ सहित विशिष्टिकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमै हाडजोर्नी तथा नसारोग सम्बन्धी ७०० वटा शल्यक्रिर्या गर्न सफल भएको छ । धौलागिरि अस्पतालमै ठूलो र सानो हड्डी रोगसम्बन्धी शल्यक्रिया गर्दा अधिकांश विरामीलाई राहत भएको छ । यसअघि पोखरा र काठमाण्डौ जानुपर्ने विरामीहरु यही रोकिएका छन् ।

अस्पतालमा दुई जना हाडजोर्नी तथा नसारोग विशेषज्ञ चिकित्सक कार्यरत हुनुहुन्छ । अस्पतालमा जटिल प्रकारका हड्डीको समेत प्रत्यारोपण गरिएको छ । बढ्दो सवारी दुर्घटनाका कारण हाडजोर्नी सम्बन्धी अस्पतालमा धेरै विरामीहरु आउन थालेका छन् । उनिहरुले जिल्लामै सेवा पाउदा खर्च र समय दुबैको बचत भएको छ ।

हड्डी रोग विशेषज्ञ डा. प्रमेश थापा र डा. समीर लामिछाने तथा एनेस्थेसियोलोजिस्ट डा. अमित ढुंगानाको समूहले दुई वर्षमा ७००वटा हाडजोर्नी तथा नसा सम्बन्धी शल्यक्रिर्या गर्दै आउनुभएको अस्पतालका मेडिकल अधिकृत डा. सन्दीप केसीले जानकारी दिनुभयो ।

“अस्पतालमा आउने विरामी मध्ये ३० प्रतिशत बिरामी हाड सम्बन्धी रोगका आउने गरेका छन्, दुई जना विशेषज्ञ चिकित्सकलाई हप्ताकोे तीन दिन शल्यक्रियाको समय छुट्टाइएको छ” केसीले भन्नुभयो “आधुनिक जीवन शैली र बढ्दो दुर्घटनाका कारण हाड सम्बन्धी समस्याहरु बढ्दै गएका छन्, अस्पतालले छिमेकी जिल्लाहरुका विरामीलाई समेत सेवा दिएको छ ।”

अस्पतालमा ‘हेमी हिप रिप्लेसमेन्ट’, ‘फिमर नेलिङ÷प्लेटिङ’ , ‘टिबिया नेलिङ÷प्लेटिङ’, ‘ह्युमेरस’, ‘फोरआर्म’ र ‘क्लाभिकल प्लेटिङ’ तथा ‘एसी जोइन्ट पुननिर्माण’ जस्ता ठूला तथा जटिल प्रकारका शल्यक्रिर्या समेत सम्पन्न गरिएको अस्पतालको भनाई छ ।

अस्पतालमा प्रयाप्त उपकरण र दक्ष जनशक्तीका कारण लाखौ खर्च लाग्ने शल्यक्रिर्या सरकारी अस्पतालमा सामान्य शुल्कमै भइरहेको छ । अस्पतालले टेन्डन रिपेयर, हात र खुट्टाका शल्यक्रिया जस्ता सामान्य शल्यक्रिर्या समेत गर्दै आएको छ । दुई वर्ष यता बागलुङमा भएका पाँच ठूला दुर्घटनाका घाइतेको उपचारमा समेत सफलता कमाएको अस्पतालले जनाएको छ ।

यसबाहेक, टोलीले चार÷पाँच ठूला विपद् व्यवस्थापनका कार्यहरूमा पनि सक्रिय सहभागिता जनाएको छ । मंसिर १७ गतेमात्रै अस्पतालको हड्डी रोग विभागले १३ वर्षीय बालकको हड्डी भाँचिएको ‘मिडियल इपिकन्डाइल फ्याक्चर फिक्सेसन’ सफलतापूर्वक सम्पन्न गरेको छ । १७ गते मात्रै चार वटा हड्डी रोगसम्बन्धी शल्यक्रिया गरिएको थियो ।

अहिले अस्पतालमा हड्डी विभागमा विरामीको चाप बढेको अस्पतालका मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विरामीको भीड लागेपछि हप्तामा तीन दिन हड्डीको शल्यक्रिर्या गर्न थालिएको छ भने अन्य समयमा मात्रै ओपीडि सेवा दिन थालिएको छ ।

हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार हड्डीको शल्यक्रिर्या गरिने शमाको भनाई छ । अस्पतालको हड्डी रोग ओपीडीमा हाल दैनिक १०० देखि १५० बिरामीको परामर्श भइरहेको छ । धौलागिरि अस्पतालमा गलकोट, बुर्तिबाङ, पर्वत, बेनी, मुस्ताङ, रुकुम, रोल्पा लगायतका क्षेत्रबाट हड्डी रोगसम्बन्धी रिफरल गरेर आउने गरेको पाइएको छ । धौलागिरि अस्पतालका मेडिकल अधिकृत डा. सन्दिप केसीका अनुसार अस्पतालमा हड्डी रोगसम्बन्धी जटिल प्रकारका शल्यक्रिर्या समेत हुन थालेपछि थप उपकरण र जनशक्तीको आवश्यकता देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *