बाङ्गेचौरमा लगाएको दुबो खै ?


आदर्श अनलाइन, बागलुङ

खेल क्षेत्रको विकासमा कसैको ध्यान छैन भन्ने कुरा बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदान उदाहरण बनेको छ ।

खेलमैदनामा चार महिना अघि लगाइएको दुबो हराएको छ । दुबोको उचित संरक्षणमा बागलुङ नगरपालिकाले ध्यान नदिएको खेलकुद विकास समितिको गुनासो छ ।

चार महिनाअघि खेलमैदानलाई हरियो बनाउन दुबो लगाइएको थियो । उक्त दुबो गर्मी शुरुभएसंगै सिंचाई अभावमा केही मरेको छ भने केही दुबो उप्काएर फिर्ता लगिएको छ ।

उक्त दुबो लगाउने व्यवसायीले पैसा नपाएर रोपेको केही दुबो उप्काएर लगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

उहाँले जिल्लाका विद्यालयबाट रकम संकलन गरी दुबो लगाउन प्रयास गरिएपनि असफल भएको बताउनुभयो । उहाँले खेलकुद विकास समितिको पहलमा दुबो लगाउन थालिएपनि सिंचाईको जिम्मा बागलुङ नगरपालिकालाई दिइएको थियो ।

‘दुबो लगाएपनि उचित रेखदेखको अभावमा सर्न कठिन भयो, प्रयाप्त पानीको अभावमा दुबो सरेन भने केही दुबो व्यवसायीले रकम नपाएपछि फिर्ता लगेका छन्,सहयोग गर्ने आश्वासन आएपनि कतैबाट सहयोग भएन’ खड्काले भन्नुभयो ‘खेल क्षेत्रमा स्थानीय पालिकाले ध्यान दिन सकेनन्, लगाएको दुबोको संरक्षण भएन ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *