आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राससकर्मी राम थापा निर्वाचित हुनुभएको छ । ८ औं जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी हुनुभएको निर्वाचन समितिका संयोजक हिरा बहादुर केसीले जानकारी दिनुभयो ।
थापा राष्ट्रिय समाचार समिति राससमा कार्यरत हुनुहुन्छ । थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गर्नुभएको छ । प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानलका तर्फबाट थापा र प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यालनबाट आचार्य चुनावी प्रतिस्प्रधामा उत्रनुभएको थियो ।
पत्रकार महासंघ बागलुङको उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित हुनुभएको छ । आचार्यका निकटतम प्रतिद्वन्द्वी किरण आचार्यले २५ मत प्राप्त गर्नुभएको छ । यस्तै महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी हुनुभएको छ ।
पन्तका निकटतम प्रतिद्वन्द्वी पवित्रा बुढाले १८ मत प्राप्त गर्नुभएको छ । यसै गरी सचिवमा नारायण रिजाल ४० मतले विजयी हुनुभएको छ । रिजालका निकटतम प्रतिद्वन्द्वी विजय रानाले २८ मत प्राप्त गर्नुभएको छ ।
सहसचिव खुल्लामा डम्बर बुढा मगरले ४३ मत प्राप्त गर्नुभएको छ । मगरका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र विश्वकर्माले २५ मत प्राप्त गर्नुभएको थियो । समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत हुनुभएको छ । यस्तै कोषाध्यक्षमा खेमराज गौतम सुवास ४९ मतले विजयी भएका हुनुभएको छ । गौतमका निकटतम प्रतिद्वन्द्वी सुमन सुनारले १९ मत प्राप्त गर्नुभएको थियो ।
सदस्यहरुमा अर्जुन कार्कीले ४८ मत, प्रदिप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, वालकृष्ण सुवेदीले ४० मतले विजयी भएका छन् । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भएकी छिन् । अन्य समावेशीमा प्रकाश छन्त्याल निर्विरोध हुनुभएको छ ।
यसै गरी दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाती सदस्यमा संगम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
यसै गरी केन्द्रीय परिषद महिला सदस्यमा कोपिला कँडेलले ४६ मत विजयी भएकी छिन् । यसै गरी केन्द्रीय परिषद खुल्ला सदस्यमा दिलिप पौडेले ३९ मत ल्याएर निर्वाचित भएका छन् ।
प्रदेश परिषद सदस्यहरुमा कृष्ण आचार्यले ५० मत, सुवाश राज पन्तले ४७ मत, खिमबहादुर कार्कीले ४४ मत, चन्द्र गणेश पौडेलले ४२ मत प्राप्त गरेका छन् । यसै गरी प्रदेश परिषद सदस्यमा लक्ष्मी परियार निर्विरोध हुनुभएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापना विसं २०५७ सालमा स्थापना भएको थियो ।