आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१ रामरेखालाई बालमैत्री वडा घोषणा गरिएको छ ।
पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान स्वरुप बानपा १ रामरेखालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य दिलकुमारी पौवीले सिमित स्रोत साधनबाट भैरहेको विकासलाई अधिकतम लाभ हुनेगरी प्रयोग गर्न आग्रह गर्नुभयो ।
उद्घाटन गर्दै पौवीले बाल विकास, संरक्षण र बाल बचाउका अभियानमा नगरपालिकाले आफ्ना कार्यक्रमलाई सफलता उन्मुख बनाउन थालेको बताउनुभयो । वडालाई बालमैत्री घोषणा गर्दै पौवीले नगरपालिका जिल्लाकै दोस्रो नगरपालिका बागलुङ नगरपालिका बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरको विकास बालबालिका केन्द्रित भएको बताउनुभयो ।
कार्यक्रममाउप–प्रमुख राजु खड्का, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, नेपाली काँग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ, वडा बाल सञ्जालका अध्यक्ष समिर रोका लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वडाअध्यक्ष जय बहादुर केसी सहितको समूहलाई नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले वडा घोषणाको कदर पत्र प्रदान गरिएको थियो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा नम्बर १ का वडा अध्यक्ष जयबहादुर केसीले प्रस्तुत गर्नुभएको थियो ।
यसभन्दा अघि बानपा ४, ५ १३, १४ र ११ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको थियो । कार्यक्रममा रामरेखा आधारभूत विद्यालयको बालमैत्री विषयको नाटक, प्रिसियस एकेडेमीको राष्ट्रिय गीत, तथा सिदार्थ शिक्षा सदनले भजन प्रस्तुत गरेको थियो ।
प्ले कार्ड, ¥याली सहित रामरेखा परिक्रर्मा गरेको विद्यार्थी, अभिभावक तथा बाजा गाजा सहितको समूह बाङ्गेचौर खेल मैदानमा पुगेर घोषणा सभामा परिणत भएको थियो । बालमैत्रीका ५१ सूचक पुरा भएपछि वडालाई बालमैत्री घोषणा गरिएको वडा बालमैत्री सहजकर्ता सरिता शर्मा गौतमले जानकारी दिनुभयो ।
कार्यक्रम वडाअध्यक्ष जयबहादुर केसीको अध्यक्षता, बालमैत्री फोकल पर्सन शान्तिदेवि शर्माको स्वागत र बालमैत्री नगर संयोजक तिलक आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।