दुई वर्षमा सकिने काम पाँच वर्षमा सकिएन

आदर्श अनलाइन, बागलुङ
निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए अहिले बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो ।

गाउँपालिकामै पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमै काम थालेपनि उक्त सडक अझै अधुरै बनेको छ । सम्झौताको ५ वर्ष वित्दा समेत सडक कालोपत्र हुन नसक्दा स्थानीयलाई यात्रा गर्न सास्ती भएको छ । उक्त सडक बरेङ शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् ।

२०७६ साल जेठ २६ गते तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसंग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा समेत सम्पन्न हुन नसकेको हो । अहिले उक्त सडकमा बनाइएको पूर्वाधार समेत बिग्रन थालेको छ । उक्त सडकमा बिच्छाइएको ग्राभेल समेत बर्खाको पानीले बगाएको हो ।

उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर नगएको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । उक्त सडकको एकलेखेत देखि एक किमि सडकमा नाली समेत निर्माण भएको छैन ।

“यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थ्ये, निर्माण व्यवसायीले साढे पाँच वर्ष वित्दा समेत कालोपत्र गर्न भएको छैन” लामिछानेले भन्नुभयो “पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याएको निर्माण व्यवसायीले सडक अलत्र अवस्थामा छोडेर हिडेको छ, अहिले निर्माण भइसकेका संरचनामा समेत क्षति पु¥याएको छ ।”

संघीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु. नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रेको ठेक्का रु.६ करोड ७१ लाखमा रु.चार किमि सडक कालोपत्रका सम्झौता भएको थियो ।

उक्त सडकको कालोपत्रको जिम्मा पाएको जोशी÷निशान÷आचार्य जेभीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठ २६ गते म्याद सकिएको मिर्नाण व्यवसयाीले चौथो पटक म्याद थप गरेर आगमी चैत सम्मलाई पु¥याएको छ ।

काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन गरेको गाउँपालिका अधयक्ष राजु थापाले जानकारी दिनुभयो । सडक चौडा पार्ने र कालोपत्रेका लागि पूर्वाधार निर्माण तर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नर्फकिदा समस्या भएको छ ।

कोरोना, भुक्तानीमा समस्या र कच्चा सामाग्रीको अभावले काममा ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताउनुभयो । उहाँले केही समयमै सडक कालोपत्र गर्ने दाबी गर्नुभयो ।

सडकको शुरुवात एक्लेखेतमा रु. पाँच करोड लागतमा मोटरेवल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भएपनि सडक समयमै कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छ भने केही ठाउँमा वर्खामा खसेको पहिरो समेत पन्छाउन बाँकी रहेको छ । वर्खामा बिग्रेको सडक समेत मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीयको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *