आदर्श अनलाइन, म्याग्दी
म्याग्दीकाे रघुगंगा गाउपालिका-३ पिप्लेमा रहेको राहुघाट हाईड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा DP 2 A 7568 नम्बरको भारतीय ट्रिप्पर दुर्घटना हुदा चालक र सहचालकाे मृत्यु भएको छ ।
टिपर दुर्घटनामा परेर दुबै जनाकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । टिपरका चालक भारत उत्तर प्रदेश बखरियका ३३ वर्षीय चालक दशरथ यादव र भेलघारीका ४० वर्षका सहचालक शत्रुधन रजक रहेकाे उहाँको भनाइ छ ।
मृतकको शव पाेष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याएर राखिएको छ ।