‘विश्वसनीय पत्रकारिता कायम राख्नु आजको आवश्यकता’

आदर्श अनलाइन, बागलुङ
पत्रकारिता क्षेत्रमा पछिल्लो समय विश्वास गुम्दै गएको एक अन्तरक्रिया कार्यक्रममा सहभागीले बताएका छन् । पत्रकारिता क्षेत्रमा हिजोको जस्तो विश्वसनीयता आजको दिनमा रहन आवश्यक रहेको बताउदै आजको दिनमा पत्रकारिता खस्कदो अवस्थामा रहेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकारितामा हिजो, आज र भोली विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले पत्रकारितालाई जीवन्त दिन नागरिकका आम समस्या बाहिर ल्याउनुपर्ने बताएका थिए ।

उनिहरुले पत्रकारितामा पाटीकारिता हुन थालेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । पत्रकारिता क्षेत्रले समेत गतल जानकारी दिन सक्ने भन्दै सही सूचना जनतामा पु¥याउन आवश्यक रहेको जनाइएको छ । कार्यक्रममा पत्रकार प्रकाश बरालले पत्रकारिता हिजो, आज र भोलीेको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले हिजोको हस्तलिखित पत्रकारिता, आजाको डिजिटल पत्रकारिता र भोलिको एआई मोडेलको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथी अधिवक्ता राम शर्माले टिप्पणी राख्दै पत्रकारिता विश्वसनीय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले एउटै जानकारी दुई ढंगबाट पत्रकारितामा आउनु गलत भएको बताउनुभयो ।

कालीगण्डकी दोहनको विषयमा बागलुङका पत्रकारले समाचार लेख्ने र पर्वतका पत्रकारले संरक्षण गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदीले गलत सूचनाको बाढीलाई पत्रकारहरुले छनोट गर्नुपर्ने बताउनुभयो ।

तथ्य र सत्य सूचनाका लागि पत्रकार चुक्न नहुँने बताउनुभयो । समयक्रम अनुसार पत्रकारिता समेत परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारितामा स्वनियमनको विधि आवश्यक रहेको जानकारी दिनुभयो ।

प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्य, नागरिक समाज बागलुङका अध्यक्ष काजी गाउँले श्रेष्ठ, पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, प्रहरी उपरिक्षक ऋषिराम कँडेल, प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष सिर्जना पन्त, कार्यक्रममा प्रगतिशिल पत्रकार संघका अध्यक्ष बिजय राना लगायतले पत्रकारिताको हिजो, आज र भोलीको विषयमा बहस गर्नुभएको थियो ।

कार्यक्रम प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत, उपाध्यक्ष सुवास आचार्यको धन्यवाद मन्तव्य तथा सचिव डम्मर बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *