आदर्श अनलाइन, बागलुङ
दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरेको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बित्दासमेत अलपत्र अवस्थामै रहेपछि स्थानीय आन्दोलित भएका छन् ।
उनिहरुले राङ्खानी देखि बरेङ जाने सड कालोपत्र भइसक्दा समेत २०७६ सालमा काम शुरु गरेको १० किमि खण्ड हलपत्र अवस्थामा हुनु निर्माण व्यवसायी र पूर्वाधार कार्यालयको लापरवार्ही भएको भन्दै कार्यालय घेराबन्दी गरेका छन् ।
निर्माण कम्पनीको लापारवार्हीका कारण यहाँको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष पाँच वर्ष तीन महिना बित्दा समेत अधुरै रहेको छ । तेस्रो पटक आगमी चैत सम्म म्याद थपेको निर्माण व्यवसायी अझै काममा नआएपछि कुश्मिसेरा राङ्खानीका जनता पूर्वाधार कार्यालय बागलुङमा आन्दोलनका कार्यक्रम लिएका आएका छन् ।
पटक–पटकको ताकेताले पूर्वाधार निर्माण सकेको निर्माण व्यवसायीले अझै कालोपत्रका लागि बेस बिच्छाउने सुरसार देखाएको छैन ।
स्थानीयको घर घाडा नतिरेको, श्रमिकले लगेको खाद्यन्नको रकम समेत भुक्तानी नगरेको र नागरिकलाई धुलाम्मे सडकले सास्ती खेपेपछि स्थानीय भिम श्रीसको नेतृत्वमा पूर्वाधार कार्यालय बागलुङमा आइतबार र सोमबार कालो ब्यानर टाँगेर स्थानीयले नाराबाजी गरेका छन् ।
नर्माण व्यवसायीले काम नगर्ने र पूर्वाधार कार्यालयले पटक–पटक म्याद थपेको स्थानीयको भनाई छ । जैमिनी नगरपालिकाको मेरुदण्डको रुपमा रहेको कुश्मिसेरा–राङ्खानी– बरेङ सडकको उपल्लो क्षेत्र कालोपत्र भइसक्दा तल्लो क्षेत्रमा कालोपत्र हुन नसकेको हो ।
“पछिल्लो ठेक्काको राङ्खानी–बरेङ सडक कालोपत्र पुरा भइसक्यो, अघिल्लो खण्ड अझै अलपत्र छ, पटक–पटकको ताकेताले मिर्नाण व्यवसायी मानेन, अहिले स्थानीयको बक्यौता रकम समेत तिर्न सकेको छैन” आन्दोलनको अगुवाई गर्नुभएको श्रीसले भन्नुभयो “निर्माण व्यवसयीको लापरवार्हीको नमूना कुश्मिसेरा–राङ्खानी सडकमा देखिएको छ, निर्माण व्यवसायीले राज्यसत्ताको दुरुपयोग गरेर म्याद मात्रै थपेर सडक अलपत्र अवस्थामा छोडेको हो, निर्माण व्यवसयाी काममा नफर्केसम्म आन्दोलनका कार्यक्रमले निरन्तरता पाउछ ।”
पूर्वाधार विकास कार्यालयबाट कुश्मिसेरा देखि राङ्खानी पुग्ने १० किमि सडक २०७६ असोज २८ गते दुई वर्षमा कालोपत्रे गर्नेगरी शर्मा÷क्याराभान जेभीसंग ठेक्का सम्झौता गरिएको थियो । उक्त मिर्नाण व्यवसयीले सार्वजनिक खरिद ऐनको १३ औं संसोधन अनुसार तेस्रोपटक पूर्वाधार मन्त्रालयलेनै म्याद थपेको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो ।
कुश्मिसेरा देखि राङ्खानीको सडक अलपत्र अवस्थामा रहँदा राङ्खानी देखि बरेङ पुग्ने सडक कालोपत्र भइसकेको छ ।
तल्लो बाटो समस्याग्रस्त भएपछि उपल्लो सडक कालोपत्र भएपनि समस्या भएको स्थानीयले जयराम आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार आफूलाई निर्माण व्यवसायीले खाद्यन्न सामाग्री लगेको रु. ८ लाख रकम भुक्तानी नगरेको बताउनुभयो । उहाँले काममा फर्कदासाथ पुरानो रकम भुक्तानी गर्नका लागि आन्दोलनमा आएको बताउनुभयो ।
बागलुङ जिल्लाको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्नका लागि २१ किमि सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । पहिला ठेक्का लगाएको सडक अलपत्र पर्दा दोस्रो खण्ड भने कालोपत्र गरेर चिटिक्क बनिसकेको छ ।
निर्माण व्यवसायीलाई अन्तिम पटकलाई चैत मसान्त सम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई एक वर्षमा सात वटा पत्र पठाएको बताउनुभयो । घिमिरेका अनुसार चैत सम्म कालोपत्रका लागि जिम्मेवारी दिएपनि निर्माण व्यवसायी आन्दोनको जानकारी पाएपछि सम्पर्कमा आएको बताउनुभयो । हाल सम्म ५७ प्रतिशत भौतिक प्रगति भएको उक्त सडकमा कालापत्रका लागि ग्राभेल समेत गरिएको छैन ।
कटिङ, नाली निर्माण तथा पर्खाल लगायतको काम सम्पन्न भएपनि तीन वर्षमा पूर्वाधारमा समेत क्षति भएको छ ।
“रु.२४ करोड ५८ लाखमा दुई वर्षमा सक्नेगरी २०७६ असोजमा शर्मा÷क्याराभान जेभी संग ठेक्का सम्झौता भएको थियो, अहिले तेस्रो पटकलाई म्याद थप गरेपनि काम भएको छैन, मिर्नाण व्यवसायी बल्ल सम्पर्कमा आएको छ, एक हप्तामा काममा फर्कने भनेको छ” घिमिरेले भन्नुभयो “एक वर्षमा सात वटा पत्र निर्माण व्यवसायीलाई पठाए, काममा नफर्के कार्वाहीको प्रकृया थालिन्छ, कोरोना कहर र मुल्य वृद्धि भनेर निर्माण व्यवसायीले सडक अलपत्र पार्न पाउदैन ।”
एक हप्ताभित्रै काममा फर्कने तयारीका साथ पूर्वाधार कार्यालयमा आएको निर्माण व्यवसायीका प्रतिनिधि तेजराज शाहीले बताउनुभयो । उहाँले पूर्वाधारको काम पहिलै सम्पन्न भएकाले कालोपत्रका लागि आवश्यक उपकरण म्याग्दीबाट बागलुङमा ल्याउन थालिएको बताउनुभयो ।