सुल्झदै इमेज सहकारीको समस्या : साना बचत कर्तालाई नगद र ठूलालाई जग्गादिने सहमती


खेमराज गौतम, बागलुङ
बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहनुभएका देव कुमार नेपाली र बचत कर्ताबीच मिलापत्रको कार्य शुरु भएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले एक वर्ष भित्र बचत रकम तथा जग्गा फिर्ता गर्ने शर्तमा मिलापत्र थालिएको हो ।

मिलापत्र सकिएपछि जेलबाट देव कुमार छुट्नेछन् भने सहमती अनुसार एक वर्ष भित्र साना बचत कर्तालाई नगद र ठूला बचत कर्तालाई कम्पनीमार्फत जग्गा उपलब्ध गराउनेछन् ।

बचत कर्ताको रक मफिर्त गर्ने लिखित सहमतीपछि अदालतमा मिलापत्रको काम थालिएको र अहिले सम्म ५४७ जना पीडित र देब कुमार बीच मिला पत्र भइसकेको इमेज बचत पीडित संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।
बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको इमेज बचत तथा खोलेर सहकारी चलाएका देवकुमार नेपालीले पीडित बचतकर्ताको रकम फिर्ता गर्ने सहमति जनाएका छन् ।

पहिलो चरणमा ढोरपाटन र गलकोट शाखाका बचतकर्ताको रकम फिर्ता गर्नेगरी मिलापत्र ५४७ जनाको २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार १०० बचत कर्ताको एक अर्ब १५ करोड बचत रकमको सहमती गरिने कार्कीले बताउनुभयो ।

“देव कुमार जेलमा बस्ने बैंकको ऋण बढेदै जाने, जग्गा लिलाम बिक्री हुने कार्यले बचत कर्ताहरुको बचत फिर्ता हुने अवस्था देखिएन, बचत कर्ता र देव कुमार बीच अदालतमा मिलापत्र गर्ने र लिखित सहमती अनुसार देव कुमारले एक बर्ष भित्र एक लाख सम्मको बचत नगदै फिर्ता दिने र एक लाख भन्दा माथीको रकममा एकल र सामुहिक रुपमा चितवन, पोखरा र काठमाण्डौको घडेरी तथा घर उपलव्ध गराउने गरी कम्पनीको चेक दिने काम गरिएको छ” कार्कीले भन्नुभयो “बचत कर्ताले चलन चल्तीको मुल्यमा घडेरी पाएपछि प्राप्त चेक फिर्तागर्ने सहमती भएको छ ।”

सहमती अनुसार मिला पत्र सकिएमा देब कुमार नेपाली जेलबाट छुट्नेछन् भने बचत कर्ताको रकम फिर्ता गर्न सहयोग गर्ने अपेक्षा राखिएको छ । अन्यत्र चेकको मुद्दा देबकुमारलाई लगाउन सकिनेछ । बागलुङ कारागारमा रहेका नेपालीसंग गलकोट संयोजक मञ्जु चालिसे र बुर्तिवाङ संयोजक यामबहादुर कुवँरबीच मिलापत्रमा हस्ताक्षर भएको कानून व्यवसायी राम शर्माले जानकारी दिनुभयो ।

उनका अनुसार दुवैपक्ष सहमत भएपछि अदालतमा मिलापत्र गरिएको हो । १ लाखभन्दा साना बचतकर्ताले नगदै फिर्ता पाउने र त्यसमाथिका बचतकर्तालाई जग्गा व्यवस्थापन गर्ने सहमति भएको शर्माले बताउनुभयो ।

सहकारीको करिव २ अर्ब हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको छ । बागलुङको सहकारीबाट १ अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो । सहकारीको रकम अपचलन गरेको दाबी सहित देवकुमार सहित ११ जना विरुद्ध बागलुङ अदालतमा मुद्दा दायर गरेको थियो १ हजार ५४३ जनाको उजुरीको आधारमा अनुसन्धान गरिएको हो । यहाँ ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *