कालीगण्डकी नदीमाथिको हस्तक्षेप रोक्न व्यानर प्रदर्शन

आदर्श अनलाइन, बागलुङ
अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनका कारण कालीगण्डकी नदी मासिएको भन्दै कालीगण्डकी बचाऔं अभियानले माघे संक्रान्तिका दिन पर्वतको प्रसिध्द मोदीवेणी धाममा ब्यनर प्रदर्शन गरेको छ । कालीगण्डकी नदी उत्खनन् नरोकिदा गण्डकीको अस्तित्व र पर्यावरणनै खतरामा परेको भन्दै अभियानले यस्ता अमानविय गतिविधि तत्काल रोक्न माग गर्दै ब्यनर प्रदर्शन गरेको हो ।

ढुंगा, शिला, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षत्विक्षत् बन्दै गएको, दोहनले नदीको दिगोपन दुई तिहाइले घटेको भन्दै यसको विरोधका लागि अभियान चलाई रहेको संरक्षणकमीए आरके अदिप्त गिरीले बताउनु भयो ।

कालीगण्डकी किनारै किनार खनिएको कालीगण्डकी करिडोर सडक संजाल तथा त्यो सडकसँगै आएको अव्यवस्थित शहरीकरण, एकाध व्यक्तिको स्वार्थ, लाभ र दादागिरीमा वातावरणीय प्रभाव मूल्याङ्कन विना खोलिएका दर्जनौं क्रसर उद्योगहरूले मानव तथा प्राणी जगत् जोखिममा परेको उहाँको भनाई छ ।

नदीमाथि जथाभाबी उत्खनन गर्ने, मलमुत्र, फोहर मैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण हुँदा कालीगण्डकी नदीको अस्तित्व जोखिममा परेको गिरीले बताउनु भयो।

सर्वोच्च अदालतको आदेश समेत ठाडो अवहेलना गर्दै नदी ऐन÷ नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै गरिएको दोहनका कारण मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोत, मूल मुहान, जलथल सङ्कटमा परेको भन्दै यस्को संरक्षण्मा सरकार कडाइका साथ लाग्नु पर्ने अभियानकर्मीको भनाई छ ।

नदी तटीय क्षेत्रमा खोेलिएका ९८ सय १४ किमि०का क्रसर उद्योगको कारणले नदी दिनप्रतिदिन मरिरहेको भन्दै कालीगण्डकी बचाऔँ अभियानलेका अभियानकर्ताले हस्तक्षेप विरुध्द आवाज बुलन्द गर्न अभियानमा जोडिन सम्पूर्ण गण्डकी, लुम्विनीबासी नागरिकमा अपिल गर्दै आएएको छ ।

अव्यवस्थित ढंगले नदीबाट गिटी, ढुङ्गा, बालुवा निकाल्दा नदी तटीय भागमा विगत दुई दशकदेखि बाढी र कटानको समस्या भएको, शालग्राम शिला गिट्टीको रुपमा परिणत भएको, नदीले धार परिर्वतन गर्दा शालिग्रामको अस्तित्व र धर्मघाटहरू पूर्ण विस्थापित भएके अभियानकर्मीको भनाई छ ।

दर्ता विना सञ्चालित, आन्तरिक राजश्व कार्यालयमा अभिलेख समेत नभएका अवैध क्रसरह, फिरफिरे उद्योगको खुलेआम नदीले राज्यको उदासिनता प्रस्ट्याएको गिरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *