तित्याङका विद्यार्थीले छतमै फलाउछन् तरकारी


सिर्जना पन्त, बागलुङ

विद्यार्थीले अतिरिक्त क्रिर्याकलापलाई सुदपयोग गर्दै कौसीमै तकरी फलाएका छन् । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यामिक विद्यालयको कौशीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् ।

उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग हुने गरेको छ । विद्यालयको चमेना गृहमा विद्यालयकै छतमा फलेका तरकारीको परिकार पाक्छ । विद्यार्थी आफैले पकाउछन् र विक्रि गर्छन् ।

३ वर्ष पहिले यहाँका विद्यार्थीले ५०/५० रुपैयाँ संकलन गरेर ५० वटा गमला किनेका थिए । गमलामा सिजन अनुसारको तरकारी रोप्थे । फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे । विद्यार्थीलाई उत्पादनसँग जोड्न, स्थानीय पाठ्यक्रम अनुसार विद्यालयले ‘स्थानिय उत्पादन’ शिर्षकमा ५० पूर्णङ्कको प्राक्टिकलका लागि विद्यार्थीलाई तरकारी खेती गर्न प्रोत्साहित गरेको थियो ।

तित्याङ्का विद्यार्थीले गमलामा तरकारी खेती गरेको सूचना पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको सिवाइसी नेपाल विद्यालयमै पुग्यो । सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर थ्री जेरो कल्ब गठन गरेको थियो ।

जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘सून्य गरिबी, सून्य बेरोजगारी र सून्य कार्वन उत्सर्जन’ थ्रि जेरो नामक क्लब गठन गरेर विद्यार्थीलाई व्यवसायिकतामा जोड्ने काम गर्दै आएको सिवाइसीले तित्याङका विद्यार्थीलाई पनि क्बलमा आवद्ध गरेपछि यहाँका विद्यार्थी थप उत्साहित भएर कौसी खेतीमा संलग्न भएका थिए ।

तीन वर्ष पहिलेदेखि अभ्यास शिक्षण प्राक्टिकलका लागि गमलामा तरकारी खेती गर्दै आएका विद्यार्थीलाई २०८१ साउन महिनामा सिवाइसीले बिउबिजन सहित कृषि सामग्री समेत उपलब्ध गराएको थियो । । मल, तरकारीको बिउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरण समेत सिवाइसीले क्लबलाई उपलब्ध गराएको थियो । त्यसयता पक्की भवनको छतमै नर्सरी स्थापना गरेर तरकारी फलाउन विद्यार्थी सफल भएका मात्रै छैनन् आफैले उत्पादन गरेको तरकारी दिवा खाजामा प्रयोग हुँदै आएको छ ।

त्यसपछि त यहाँका विद्यार्थीले विद्यालयमा मात्र होइन घर–घरमा पनि तरकारी खेती गर्न सुरु गरेका छन् । विद्यार्थीले विद्यालयमै नर्सरी व्यवस्थापन गरेर घर–घरमा तरकारी विरुवा समेत पु¥याउन थालेका छन् ।

कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन समेत विद्यार्थीहरु उत्साहित भएर विद्यालय आउछन्, नर्सरी र तरकारी खेतीमा रमाउछन्, विद्यालयको थ्रि जेरो क्लबका संरक्षक तथा शिक्षक भुपेन्द्र बहादुर खड्काले भन्नुभयो, क्लबले यटपटक काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका विरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण ग¥यो ।

कक्षा ६ देखि १० सम्म अध्यन गर्ने १ सय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका विरुवा उत्पादन गरेर वितरण गरिएको उहाँको भनाई छ । विद्यालयको कौसीखेतीमा मात्र होइन्, विद्यार्थीले घरमा लगेर रोपेका तरकारीको समेत हेरचाह आफै गर्दै आएको क्लबका अध्यक्ष सनिसा क्षत्रीले बताउनुभयो ।

“विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँपनि व्यवहारिक शिक्षाको कुरा हुन्छ” शिक्षक खड्काले भन्नुभयो “देश सुहाउँदो, हाम्रो भुगोल सुहाउँदो व्यवसायिक कृषि प्रणालिलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेरमै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु स्थानीय उत्पादन कार्यक्रम र क्लबको उद्देश्य हो ।” क्षत्रीले भन्नुभयो “विद्यालय र विद्यार्थीले सञ्चालन गर्दै आएको यो अभियानलाई बागलुङ नगरपालिका वडा नम्बर ९ को पनि सहयोग रहेको छ ।”

विद्यालयका प्रधानध्यापक कुमार उपाध्यायका अनुसार यहाँका विद्यार्थीले विदालय देखि घर सम्म तरकारी फलाउन थालेको बताउनुभयो । विद्यालयमा उत्पादन र बिक्री वितरणका लागि फरक फरक २ वटा थ्रि जेरो क्लब छन् । एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले विक्रि वितरणको काम गर्छ ।

विद्यालयको हरेक शुक्रबार हुने अतिरित्त क्रियाकलाप र विभिन्न विषेश कार्यक्रममा विद्यार्थीले आफुले उत्पादन गरेका तरकारीका परिकार बनाउछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बेच्छन् । विक्रि भएर आएको पैसाबाट पुनः तरकारीको बिउ, मल किन्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *