अहिलेको सरकार निर्वाचन सम्म टिक्छ : उपप्रधानमन्त्री सिंह

आदर्श अनलाइन, बागलुङ
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशमा अस्थिरता अन्त्य गर्नका लागि अहिलेको कांग्रेस एमालेको सरकार बनेको बताउनुभयो । उहाँले बाहिर चल्ने हल्लाको भरमा सरकारको आयु छैन भन्न नमिल्ने भन्दै आहिलेको गठबन्धको सरकार आगमी निर्वाचन २०८४ सालसम्मै टिक्ने दाबी गर्नुभयो ।

अहिलेको सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न थालेको सिंहले जिकिर गर्नुभयो । नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारको अस्थिरताले विकास निर्माण ठप्प भएको र नागरिकमा निराशा बढेपछि दुई ठूला दल मिल्नुको विकल्प नरहेको बताउनुभयो । सरकारको स्थायीत्वले आर्थिक विकास बढिरहेको छ ।
सरकार गठन गर्दा भएको सात बुँदे सम्झौत अनुसारनै अगाडि बढेको भन्दै नागरिकको भरोसा जगाउने गरि काम गरिरहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । सरकारले जनतालाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्ने बताउदै अन्य दलहरुले समेत संविधान संसोधनका लागि समिति गठन गरेको उल्लेख गर्नु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो – “सरकारले नयाँ शहरी नीति २०८१ पास गरेर अघि बढेका छौं, नयाँ शहरी आयोजनालाई थप व्यवस्थित गर्नेछौं सरकारले केही गरेन भन्नेहरुका लागि विकास निर्माणको गति आफै साक्षी छन्, छिन–छिनमा परिवर्तन हुने सरकारले देशको आर्थिक अवस्था बिग्रिएपछि अहिलेको स्थायीत्वको सरकार बनेको छ, हामी नागरिकको माग अनुसार काम गरिरहेका छौं ।”

मन्त्री सिंहले थप बोल्दै देशमा संकट पर्दा नेपाली कांग्रेस सदैव निकास दिदै आएको बताउदै आगमी नेपाली कांग्रेसको महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व पाउने बतउनुभयो । पत्रकारको प्रश्नको जवाफ दिदै उहाँले भन्नुभयो “पार्टी सभापती दुई पटकमात्रै बन्न मिल्ने व्यवस्था छ, देउवा जी दुईपटक भइसक्नुभएकाले नयाँ नेतृत्व आउन सक्ने संभावना छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *