नागरिकमा भएको निरासा चिर्ने काम गरि रहेका छौँ–उपप्रधानमन्त्री सिंह

आदर्श अनलाइन, बागलुङ
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकमा आशा जगाउने गरि काम गरि रहेको बताउनु भएको छ । आज बागलुङ नगरपालिकालाई स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्ने काम गरेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, रोजगार र व्यवसायिक क्षेत्रको सुधार गर्ने गरि सरकार लागि परेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनु पर्ने अवस्था नभएको उहाँको भनाइ छ । पछिल्लो समय सकरात्मकभन्दा नकरात्मक टिकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडि नलाग्ने उहाँले आग्रह गर्नुभयो ।

सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनउपयोगी बनाउनका लागि काम गरि रहेको भन्दै अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्नु खालको हुने मन्त्री सिंहको भनाइ छ । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै अब सरकारले विकास निर्माण र जनताको आवश्यकता अनुसार काम गर्ने थालेको उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो – “केही हुँदै भएन भन्नु गलत हो, देशमा धेरै परिवर्तन भएको छ, आम नागरिकका इच्छा चाहाना असीमित छन्, त्यसलाई सरकारले क्रमैसँग समबोधन गर्दै गएको छ, देशमा कहिले कोभिडले कहिले अन्य प्रकोपले गर्दा आर्थिक अवस्था खस्कँदो थियो, तर अहिले लय समाउन थालेको छ, नयाँ सरकार बनेपछि जनतामा भएको निराशा पनि चिरिदै गएको छ ।

सो अवसरमा मन्त्री सिंहले बागलुङ नगरपालिका १३ मा पर्ने गणेशमान सिंह मार्गलाई समयमा सक्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । बागलुङ नगरपालिकाले जस्तै अन्य पालिकाहरु पनि चाँडै बालमैत्री बन्नु पर्नेमा मन्त्री सिंहले जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *