बागलुङमा ‘फेको प्रविधिबाट’ आँखाको शल्यक्रिर्या

आदर्श अनलाइन, बागलुङ

बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिर्या गर्न थालिएको छ । नेपाल नेत्रज्योती संघ बागलुङ र धौलागिरी आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका विरामीकोे शल्यक्रिर्या गर्ने कार्यको शुभारम्भ गरिएको हो ।

अत्याधुनिक प्रविधिद्वारा गरिने आँखाको शल्यक्रिर्या सरल ढंगले गर्न सकिने नेत्रज्योतीसंघ बागलुङका सभापती बिन्दु सागर राजभण्डारीले जानकारी दिनभयो । उहाँले संस्थाको पहलमा आँखाको शल्यक्तिर्या गर्ने उक्त फेको प्रविधि भित्राइएको बताउनुभयो ।

‘फेको प्रविधिबाट’ आँखाको शल्यकिर्या गर्दा समय र खर्च दुबै बचत हुने गरेको धौलागिरी आँखा अस्पताल बागलुङका जलबिन्दु तथा नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीले बताउनुभयो । उहाँले यो प्रविधि धौलागिरीमै नयाँ र पहिलो भएको बताउनुभयो ।

“आँखाको समस्या कम्प्युटरबाट हेर्न सकिन्छ, फेको प्रविधिबाट शल्यक्रिर्या गर्दा समय र खर्च दुबैको बचत हुन्छ, आँखाको समस्या कम्प्युटरबाटै पहिचान गर्न सकिन्छ” डा.पराजुलीले भन्नुभयो “पहिला–पहिला आँखा चिरेर शल्यक्रिर्या गरिन्थ्यो, अहिले आखाँको छेउमै सानो प्वाल पार्ने र कम्प्युटरबाट हेरेर शल्यक्रिर्या गर्ने प्रविधि नै फेको प्रविधि हो, उनिहरु छिट्टै पुरानै अवस्थामा फर्कन सकिन्छ ।”

शल्यक्रिर्याको भोलीपल्टै घाउ निको हुने उहाँको भनाई छ । बिना चिरफार गर्ने शल्यक्रिर्याले बिरामीलाई सहज बनाउने नेत्र ज्योतीसंघ बागलुङका सचिव युक्तजंग राजभण्डारीले जानकारी दिनुभयो ।

शल्यक्रिर्या हरेक महिना एक गते देखि १५ गते सम्म गरिने छ भने अन्य १५ दिन गाउँ–गाउँमा पुगेर शिविर मार्फत शल्यक्रिर्याका लागि बिरामी रिफर गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *