जैमिनीमा ‘निःशुल्क किसान कल सेवा’ संचालन

डम्मर बुढा मगर, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान कल सेवा’ संचालन गरेको छ । व्यवसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राबिधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान कल सेवा’ संचालन गरेको हो ।

माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभाम्वित भन्दै गएको जैमिनी नगरपालिकाका पशु शाखा प्रमुख डा. अच्युत आचार्यले जानकारी दिनुभयो । किसानले बालीनाली र पशुचौपायामा समस्या देखिए तत्काल फोन गरेर प्राबिधिक सेवा लिन सकिने उहाँको भनाइ छ । किसानले पशु तथा कृषि सम्बन्धि जानकारी लिनु परे पैसा नलाग्ने नम्बर १८१०–५०००–११६ मा कल गर्न सक्ने छन् ।

आचार्यलयले भन्नुभयो – “जैमिनी भौगोलिक हिसाबले ठूलो छ, बाली तथा पशु चौपायामा केही समस्या आए तत्काल फिल्डमा पुग्न नसकिने अवस्थामा किसानले हामीलाई कल गर्नु हुने छ, नगरपालिकाबाट प्राबिधिकले समस्या बुझेर तत्काल समाधानको उपाय बताउने छन्, अहिले हामीहरुले विहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा सुरु गरेका छौँ, अब छिट्टै २४ सै घण्टा सेवा दिने गरि तयारी गरि रहेका छौँ ।”

किसानले प्राबिधिक सेवा नपाउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको हुँदा नगरपालिकाले ‘निःशुल्क किसान कल सेवा’ संचालन गरेको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । किसानको समस्या समाधान गर्न एकै स्थानबाट पालिकाभरिका कृषकहरुलाई टेलिफोनको माध्यमबाट प्रावधिक ज्ञान, सल्लाह सुझाव प्रदान गर्ने उहाँको भनाइ छ ।

किसान कल सेन्टर स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय नै धाउन नपर्ने शर्मा बताउनुहुन्छ । किसान कल सेवा स्थापना भएपछि विषय विज्ञहरुबाट कृषि तथा पशु सम्बन्धि सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखा परेका समस्याहरु तथा क्षति समाधानका उपाय, सुचनाहरु एकै ठाउँबाट उपलब्ध हुने उपप्रमुख शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *