मन कुमारी केसी, बागलुङ
चितवनको भरतपुर स्थित बागीश्वरीमा रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलम्को शिक्षक अभिभावक संघको अध्यक्षमा अमृत पौडेल(अमृत बास्कुने) चयन हुनुभएको छ ।
भरतपुर महानगरपालिका–१ वागीश्वरीमा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चिालित योगी नरहरिनाथ संस्कृत गुरुकुलमको शिक्षक अभिभावक संघको अन्य सदस्यहरुमा जीवन धिताल, दुर्गा खनाल, रेवतीप्रसाद सापकोटा, रिना कोइराला, माधव पौडेल, भोजराज भट्ट, गोदा सुवेदी, भूपाल आचार्य र सदस्य सचिवमा अमृत अर्यालय चयन हुनुभएको छ ।
देशका विभिन्न स्थानका विद्यार्थीहरुले अध्ययन गर्ने भएकाले भर्चुअल माध्यमबाट भेला भएको विद्यालयका प्रधानाध्यापक माधव पौडेलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनु रायमाझी पौडेलको अध्यक्षतामा अभिभावक भेला सम्पन्न भएको थियो ।
अभिभावकहरुको भर्चुअल माध्यमबाट भएको भेलाले शिक्षक अभिभावक संघ गठन गरेको विद्यालयका प्रधानाध्यापक माधव पौडेलले जानकारी दिनुभयो । हाल कक्षा ६ देखि १० सम्म पूर्ण गुरुकुलीय पद्धतीमा सञ्चालित योगी नरहरिनाथ संस्कृत गुरुकुलममा नेपालका विभिन्न जिल्लाबाट ५० जना विद्यार्थीहरु अध्ययनका लागि गुरुकुलमा रहेका छन् ।
पूर्ण आवासिय तथा निःशुल्क रहेको गुरुकुल समावेशी तबरले सञ्चिालित रहेको छ । योगी नरहरिनाथ संस्कृत गुरुकुलम पछिल्लो समय वि.सं. २०७५ देखि निरन्तर रुपमा सञ्चालनमा रहेको छ ।
त्यस्तै विद्यालयको सामाजिक परिक्षण समितिका लागि अमृत पौडेलको संयोजकत्वमा समिति गठन भएको छ । समितिका सदस्यहरुमा राममायाँ पिया, दुर्गा खनाल, भूपाल आचार्य, हेरम्ब कुमार पिया, रिजन पुडासैनी र सदस्य सचिवमा अमृत अर्याल रहनु भएको छ ।