आदर्श सञ्चार, बागलुङ
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वर्तमान सरकार थप मजबुत बन्दै गएको बताउनुभएको छ । मंगलबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस र नेकपा एमाले एक जुट हुँदा सरकार ढल्ने संभावना नरहेको खतिवडाले बताउनुभयो ।
अहिलेको सरकारले राजनीतिक अस्थिरतालाई रोक्दै विकासका गति अगाडि बढाएको उहाँले दाबी गर्नुभयो । सरकारले धेरै सकरात्मक कामको थालनी गरेको र भर्खरै त्यसको परिणाम नदेखिए पनि नागरिकमा भरोसा जाग्न थालेको उहाँको भनाइ छ । सुशासन, भ्रष्टचार नियन्त्रण र जनताप्रति उत्तरदायी बनि सरकारले जनताको आकांक्षा अनुसार काम गर्न थालेको खतिवडाले बताउनुभयो ।
उहाँले भन्नुभयो – “प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पाटीको सभापति शेरबहादुर देउवा बीचको सम्बन्ध सुमधुर छ, उहाँहरु यो सरकारलाई आगामी निर्वाचनसम्म पु¥याउनेमा ढुक्क हुनुहुन्छ, बाहिर जे जति हल्ला आए पनि ति सबै भ्रम मात्रै हुन्, सरकारमा रहेका मन्त्रीहरुको कामलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्दै आएका छौँ, सरकार ०८४ सम्मै टिक्छ ।”
संघीय सांसद समेत रहनु भएका खतिवडाले सयौँ सहकारीमा लाखौँ नागरिकको अरबौँ रकम हिनामिना भएको भन्दै बचत अपचलन गर्ने कसैलाई पनि सरकारले नछाड्ने दाबी गर्नुभयो । जुनसुकै पार्टीका नेता भए पनि कानुन अनुसार कारबाही हुने उहाँको भनाइ छ । अहिले पनि विभिन्न पार्टीका धेरै नेता हिरासद र कारगारमा रहेको उहाँले बताउनुभयो ।