आदर्श सञ्चार, बागलुङ
नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी केन्द्रले अवसरका रुपमा लिएको बताउनुभएको छ । उहाँले माओवादी रुपान्तरणका लागि जनता केन्द्रित कार्यक्रम लिएर हिठडेको बताउदै सत्तामा हुँदा गरेका कमी कमजोरीलाई आत्माआलोचना गर्दै जनतासामु घरदैलो र खबरदारी सभा लगायतका कार्यक्रम लिएर हिडेको बताउनुभयो ।
प्रेस सेन्टर बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेश इन्चार्ज समेत रहनुभएका नेता शाक्यले जनताका समस्या बुझेर आगमी निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने योजनाका साथ विभिन्न कार्यक्रम लिएर जनतामाझ पुगेको बताउनुभयो । उहाँले सदन छलेर अध्यादेश ल्याउनु रहस्यमय रहेको बताउदै भूमि सम्बन्धी अध्यादेशमा ठूलो त्रुटि रहेको बताउनुभयो । उहाँले सामाजिक सन्जाललाई प्रयोग गर्ने विधेयकले वाक स्वतन्त्रतालाई कटौती गरेको बताउदै सच्चाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले माओवादी केन्द्र जनतामाझ लोकप्रियता बढाउदै गएको दाबी समेत गर्नुभयो । “सत्तामा रुमलिदा जनताको समस्या बिर्सिएको माओवादीले महशुस गरेको छ, आत्माआलोचना गरेर जनताका बीचमा पुगेका छौं, रुपान्तरण पछि माओवादी केन्द्र निर्वाचनमा जान्छ, प्रतिपक्षको भूमिकालाई अवसरको रुपमा लिएका छौं”–शाक्यले भन्नुभयो । सत्तामा बस्दा जनतालाई बिर्सेको स्विकार्दै आत्माआलोचना गरेर जनतामाझ पुगेको शाक्यले बताउनुभयो ।
सत्ता बाहिरको अवस्थालाई माओवादी केन्द्रले अवसरको रूपमा लिएको उहाँले बताउनुभयो । संविधान संशोधनको कदमलाई पुनविचार गर्दै प्रतिगमन हुँने ढंगले संशोधन गर्न नहुँने बताउनुभयो । शासकीय र निर्वाचन प्रणाली परिवर्तन गर्न नसके भ्रष्टाचार नरोकिने बताउदै खर्चिलो निर्वाचनको अन्त्य गर्न आवश्यक रहेको शाक्लेले बताउनुभयो ।
प्रतिपक्षको भूमिकालाई अवसरको रुपमा लिन्छौं : नेता शाक्य
