आदर्श सञ्चार, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।
शनिबार साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ आउँदै गरेको ग १ क ६१८९ को टिप्पर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना हुँदा गुल्मीको इस्मा गाउँपालिका–३ का ४७ वर्षीय चालक कृष्ण कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिनुभयो ।
टिप्पर सडकदेखि करिब दुई सय मिटर तल खसेको शर्माले बताउनुभयो । दुर्घटना भएको खबर पाएलगत्तै प्रहरीचौकी निसी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । शवलाई पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन थालेको उहाँको भनाइ छ ।
बुर्तिबाङ आउँदै टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु
