तित्याङको सडक स्तरोन्नतीका लागि नगरपालिकाको ध्यानाकर्षण

आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिका मध्य सबैभन्दा नराम्रो सडक तित्याङ भएको स्थानीयले नगरपालिका समक्ष गुनासो गरेका छन् ।

उनिहरुले अन्य वडामा कालोपत्र सडक पुग्दा तित्याङ पुग्ने सडक जीर्ण बनेको बताउदै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सडक नराम्रो भएको भन्दै आफ्ना माग लिएर बागलुङ नगरपालिकामा तित्याङका जनसमुदायहरु पुगेका थिए ।

बागलुङ नगरपालिकाले तित्याङ क्षेत्रको सडक सुधारका लागि अहिले सम्म चासो नदिएको भन्दै स्थानीय रविन केसीको नेतृत्वमा आएको समुदायले हतक्षरा गरेको ध्यानाकर्षण पत्र नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई बुझाएको थियो ।

तित्याङ क्षेत्रका जनसमुदाय सडक सुधारको माग गर्दै बागलुङ नगरपालिकामा पुगेपछि नगर प्रमुखले आवश्यक कदम उठाउने प्रतिबद्धता जनाउनुभएको छ ।

स्थानीयबासीहरूले सडकको दयानीय अवस्था सुधार गर्न तत्काल पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएपछि नगर प्रमुख बसन्त कुमार श्रेष्ठले समस्या समाधानका लागि छिट्टै आवश्यक कदम चाल्ने बताउनुभयो ।

“जनताको समस्या बुझ्ने हाम्रो दायित्व हो, तित्याङ क्षेत्रको सडक मर्मतका लागि सम्बन्धित निकायसँग समन्वय गरी चाँडो समाधान गरिनेछ,” नगर प्रमुखले भन्नुभयो “रु.४४ करोडको डिपिआर बनाएर केन्द्रमा बजेट माग गरिएको छ ।”

ज्ञापन पत्र स्थानीय युवा शेखर खड्काले नगरप्रमुख समक्ष पढेर सुनाउनुभएको थियो । अन्य वडामा कालोपत्र सडक पुग्दा तित्याङको वडा कार्यालय पुग्ने सडक समेत दुराअवस्थामा पुगेकोभन्दै ध्यानाकर्षण गराएका थिए ।

५० जना स्थानीयले नगरपालिकामा हस्ताक्षरा सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *