आदर्श सञ्चार, बागलुङ
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागलुङको अध्यक्षमा डम्मर बुढा मगर चयन हुनु भएको छ । मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले बुढा मगरको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा बलबहादुर रोका मगर, सहसचिवमा शर्मिला रोका मगर, कोषाध्यक्षमा तिलक घर्ती मगर चयन हुनु भएको छ । सदस्यहरुमा भूमा तारामी मगर, राजेन्द्र श्रेष्ठ, शेखर थापा मगर, सुरेश छन्त्याल, शिशिर श्रीस, ज्योती थापा मगर रहनु भएको छ ।
केन्द्रीय पार्षद्मा राजेशचन्द्र राजभण्डारी र संगम घर्ती मगर चयन हुनु भएको छ भने प्रदेश महाधिवेशन प्रतिनिधिमा पदम छन्त्याल, यामबहादुर थापा र छलिला बुढालाई चयन हुनु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पत्रकारले समाजको आवाज बुलन्द गर्नु पर्नेमा जोड दिनुभयो । समाजमा हुने हरेक किसिमका बेथितीका विरुद्धमा पत्रकारले कलम चलाउनु पर्ने अध्यक्ष थापाको भनाइ छ । भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगर, फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीष मगर, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्मा लगायतले बोल्नु भएको थियो ।
फोजिन बागलुङका अध्यक्ष पदमबहादुर छन्त्याल प्रकाशको अध्यक्षता, सचिव डम्मर बुढाको संचालन र सदस्य बलबहादुर रोकाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।