डम्मर बुढामगर, बागलुङ
आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ जनाको उद्धारका लागि उजुरी परेकोमा हालसम्म सात जनाको उद्धार भएको हो ।
खास गरि साउदी, दुवई, कतार, कुवेत लगायत गाडी मुलकमा पुगेर समस्यामा परेकाहरुको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना तथा परामर्शकर्ता गंगा शर्मा रिजालले जानकारी दिनुभयो । वैदेशिक रोजगारका गएका कामदारले समयमै तलब नपाउने, बिदामा नेपाल फर्किन पाउने समस्यालाई विभिन्न निकायसँग सहकार्य गरि उनीहरुको उद्धार गरिएको रिजालको भनाइ छ ।
रिजालका अनुसार ठगी, मृत्यु लगायतका ९० वटा उजुरी परेकोमा हालसम्म ४१ वटा समाधान भइसकेको छ । ५४ जनाले ठगीको उजुरी परेको दिएकोमा हालसम्म १७ वटा समाधान भइसकेको उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगारका लागि प्रलोभनमा पारेर लाखौँ रकम ठगी गरेकोमा हालसम्म स्रोत केन्द्र रु ४३ लाख पाँच हजार ५०० ठगिएको रुक फिर्ता गरेको रिजालको भनाइ छ ।
धेरै जसो ठगी मेनपावरले भन्दा व्यक्तिले ठगेको पाइएको छ । साउन महिना यता मृत्यु उजुरी ८ वटा परेकोमा ८ वटै समाधान भएका छन् । सबैभन्दा बढी साउदी र कतारमा पुगेका काम दारको मृत्यु भएको रिजालले बताउनुभयो । आफूहरुले जिल्ला प्रशासन कार्यालय, सम्बन्धित पालिका, सम्बन्धित देशको राजदुतावास, वैदेशिक रोजगार बोर्ड र कन्सुल सेवा विभाग काठमाडौँसँग सहकार्य गरेर वैदेशिक रोजगारमा गएका नागरिकहरुको समस्या समाधान गरि रहेको उहाँले बताउनुभयो ।
विदेशमा सम्पर्कविहीन भएको पाँच वटा उजुरी परेकोमा हालसम्म एक जनालाई परिवारको सम्पर्कमा ल्याएको रिजालले जानकारी दिनुभयो । मेसियामा सम्पर्कविहीन भएका जैमिनीका एकजलाई परिवारको सम्पर्कमा ल्याइ दिएको उहाँको भनाई छ । स्रोत केन्द्रले ठगिएकोसहित मृत्यु भएका र कम्पनीमा तलब पाउन बाँकी रहेको गरि रु ९७ लाख ८ हजार ८३१ फिर्ता गरेको रिजाल बताउनुहुन्छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गैरकानुनी रुपमा विदेश जानेहरु बढी समस्यामा परेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले राहधानी लिन आउने हरेक नागरिकलाई रोजगारी तथा अध्ययनका लागि विदेश जाँदा बढी सचेत हुन आग्रह गर्दै आएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “विदेशमा गएर मृत्यु हुने र समस्यामा पर्ने बढी जसो न्यून वर्ग र कम शिक्षित व्यक्तिहरु हुनुुहुन्छ, विदेशमा कतिले आत्माहत्या गरेको र कतिको काम गर्दा गर्दै मृत्यु भएको पाइन्छ, धेरै कुरा सचेतनासँग जोडिएको हुँदा विदेश पलायन हुँदा कानुनी कुरा बुझ्न र कहाँ जाँदैछु, के काम गर्ने हो ?, कस्तो कम्पनीमा जाँदैछु भनि प्रष्ट भएर गइयो भने धेरै समस्या समाधान हुने देखिन्छ ।”