‘राजनीतिक दलले विकासलाई संस्थागत गर्न सकेनन्’

आदर्श सञ्चार, बागलुङ
राजनीतिक दल प्रजातन्त्र प्राप्तीपछिका विकासलाई संस्थागत गर्न नसकेकाे सरोकारवालाले बताएका छन् । उनीहरुले भएका काम देखाउन नसकेको र सुशासन कायममा कर्मचारीलाई सही दिशा निर्देश गर्न नसकेको बताए ।

प्रजातन्त्र दिवश मुल समारोह समिति बागलुङले आयोजना गरेको ‘प्रजातन्त्रको उपलब्धी, बागलुङ जिल्लाको आर्थिक समृद्धि, संभावना र चुनौती’ विषयक अन्तरक्रियामा सहभागीले प्रजान्त्रमा विकास धेरै भए पनि सुशासनमा भने राजनीतिक नेतृत्व चुकेको समेत बताउनुभयो ।

जिल्ला भित्रका अधिकांस बिकासलाईपनि राजनीतिकदलहरुले एकीकृत बिकास मोडलमा लैजान नसकेको कमजोरी भएको बताए । कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष तथा कांग्रेस सचिव गण्डकी थापा अधिकारीले देश संघीयतामा गए पनि कर्मचारी र नेताको केन्द्रीकृत मानसिकता बिकासको बाधक भएको बताइन् ।

उहाँले उत्तरगंगा जलविद्युत आयोजनादेखि ग्रामीण क्षेत्रका खानी संचालनमा संघीय ऐन बाधक बनेको, संघिय सरकारले ती ऐन निर्माणमा चासो नराखेको टिप्पणी गर्नुभयो । ‘स्थानीय सरकारलाइ माध्यामिक तहको शिक्षाको जिम्मा लगाएको छ, तर २०२८ सालको ऐन परिवर्तन भएको छैन’ उहाँले भन्नुभयो ‘काम गर्न धेरै लगाएको छ, तर कानूनले बाँधेको छ ।’ जिल्ला भित्रको बिकासकालागि पनि राजनीतिक दलहरुले साझा एजेण्डा बनाएर जानुपर्ने खाँचो उहाँले बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले बिकासमा पछि पर्नुमा राजनीतिक संकुचन रहेको बताउनुभयो । साथै उहाँले कर्मचारी तन्त्रमा रहेको भ्रष्ट मानसिकता बिकासको प्रमुख बाधक रहेको पनि बताउनुभयो । ‘अहिले पनि कर्मचारीले काम रोकेर घुस खाएको छ, अबैध गाडिबाट मासिक उठाएर प्रहरी मोटाएको छ, तर कानून बमोजिम कारवाही गर्दैन’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचार गरेका केही नेता पनि होलान उनीहरुलाइ जेल हालौं, तर सयौं कर्मचारी भ्रष्ट मानसिकताबाट माथी उठ्नुपर्छ ।’ नयाँ कर्मचारीहरुमा काम गरौं भन्ने भावना रहेपनि पुरानाको चंगुलमा परेको उनले टिप्प्णी गनुभयो ।

राजनीतिक नेताहरुपनि सुशासन दिन असफल रहेको भन्दै अब पुराना नेताले ठाउँ खाली नगरेसम्म प्रजातन्त्र, र शासन पद्दतीलाई दोष दिएर नहुने उहाँको धारणा छ । पछिल्लो समय राज्यको व्ययभार भने साह्रै महंगो बनेकोले बिकास खर्चनै नपुगेको भन्दै मन्दिर बनाएर पैसा सक्ने भन्दा जनजिविका र रोजगार बढाउने योजनामा लगानी गर्न सुझाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका बागलुङ नगर अध्यक्ष निर्मलबहादुर श्रेष्ठ, राजमो जिल्ला अध्यक्ष तिलक थापा, विज्ञ तथा धौलागिरी बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. डिल्लीराज गौतम, पत्रकार महासंघ बागलुङका सह–सचिव डम्मर बुढा मगरले अझै पनि व्ययभार घटाउन स्थानीय सरकारको भार घटाउनुपर्ने धारणा राखेका थिए । उनीहरुले बागलुङमा चारवटा जलाधारक्षेत्रका चार पालिका मात्र राखे पनि पुग्ने बताए । त्यसले जिल्लाको बिकास मोडललाई सहज बनाउन सकिने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *