बडिगाडमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

आदर्श सञ्चार, बागलुङ
बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नम्बर १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो ।

सोमबार साँझपख यात्रु लिएर जाँदै गरेको जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक हुँदा दुर्घटना भएको सवार यात्रुको भनाई छ ।

दुर्घटनामा बडिगाड–९ बस्ने ६३ वर्षीया तेज कुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थम कुमारी पौडेल र ३० वर्षीया सीता पौडेल, २३ वर्षीय हिमाल घर्ती, ६ वर्षीया पूर्णिमा पौडेल र तीन वर्षीया अंशु पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *