सांसदको ध्यान योजनामा भन्दा कानुन निर्माणमा हुनु पर्छ : सभामुख धिताल

आदर्श सञ्चार, बागलुङ
गण्डकी प्रदेशसभाका सभामुख कृष्ण प्रसाद धितालले प्रभावकारी कानुन बनेमा विकासलाई सघाउने बताउदै मिडियाको क्षेत्रबाट कानुन निर्माणमा प्रयाप्त सुझाव आउन आवश्यक रहेको बताउनुभयो । गण्डकी प्रदेशसभामा अहिले मगर र गुरुङ भाषालाई कामकाजको भाष बनाउन छलफल भइरहेको बताउदै स्थानीय मदिरालाई ब्राण्डीङ गर्ने विधेयक बनाइने बताउनुभएको छ ।

बागलुङमा आज आयोजित अन्नपूर्ण मल्टिमिडिया एसोसियसनद्धारा संचालित साझा जनआवाज अनलाईन मिडियाको शुभारम्भ पछि बोल्दै सभामुख धितालले पत्रकार जगतबाट कानुन निर्माणमा प्रयाप्त सुझाव आउन नसकेको बताउनुभएको छ । उहाँले प्रयाप्त सुझाव र छलफलका आधारमा निर्माण भएको कानुनले विकासलाई सघाउने बताउनुभयो ।

“सबैको ध्यान विकास निर्माणमा छ, तर विकासलाई छिटो र सरल बनाउन कानुन चाहिन्छ, प्रयाप्त कानुन र प्रभावकारी कार्यान्वयन भएमा विकासले गति लिन्छ, विकास निर्माणका लागि कानुनी जटिलता फुकाउन सबैको सहयोग चाहिन्छ” सभामुख धितालले भन्नुभयो “पत्रकारले संसदमा टेवल भएका कानुनको विषयमा व्यापक अध्ययन गरी सुझाव दिएमा राम्रो कानुन बन्ने र विकासलाई कानुनले सघाउछ, सांसदले विकास मात्रै ल्याउने हैन, कानुन बनाएर राज्यका संयन्त्रलाई परिचालन गर्ने हो ।”

उहाँले गाँजालाई बैधानिकता दिन गण्डकी प्रदेशमा छलफल थालिएको बताउनुभयो । सांसदले योजनामा मात्रै हैन कानुन निर्माणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले कानुनी सहजताले मात्रै विकास निर्माणलाई सहज बनाउनै भन्दै कानुन निर्माण र संसोधनमा सबैको सुझाव आउन आउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा उत्पादन हुने गाँजालाई उचित कानुन बनाएर वैद्य गराउन सके प्रदेश समृद्ध बन्ने बताउनुभयो । धितालले अहिले हिउँदे अधिवेशन चलिरहेको र संसदमा मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले सरकारले जस्ता कानुन ल्यायौ संसदमा सामान्य छलफल मात्रै भएर पारित हुने अवस्थालाई अन्त्य गर्न प्रयाप्त सुझावहरु आउनु पर्ने बताउदै अहिले सुझाव थोरै आएको टिप्पणी गर्नुभयो । उहाँले प्रविधिको विकास सँगै पछिल्लो समय डिजिटल मिडियाको प्रभावकारीता बढेको र जनताको विश्वास जित्ने समाचार संप्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभाका प्रमुख सचेतक कुशम बुढा मगर, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, नेकपा एमाले बागलुङका सचिव गणेश बहादुर थापा, नेकपाका दलसिंह खत्री, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कंडेल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम साझा जनआवाजका सम्पादक अनिष खातीको अध्यक्षता, प्रधानसम्पादक पार्वती थापाको स्वागत र पत्रकार संगम घर्तिमगरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *