धौलागिरी बहुमुखी क्याम्पसमा निर्वाचनको रौनकता


आदर्श सञ्चार, बागलुङ
धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा बिहानै देखि शान्तीपूर्ण निर्वाचान भइरहेको छ । आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा छ ।

बिहान ८ बजेबाट शुरु भएको मतदानमा चार ठाउँमा प्रत्यक्ष तथा समानुपातिक मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन समितिका अनुसार बिहान आठ बजेदेखि शान्तिपूर्ण वातावरण मतदान शुरु भएको छ । बिहान पौने १२ बजेसम्मको अपडेट अनुसार ३२० विद्यार्थीले मतदान गरिसकेको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिनुभयो । क्याम्पसमा एक हजार ४ सय ७४ जना मतदाता रहेका छन् । यही अनुपातमा मत खसे लक्ष्यभन्दा थोरै मत खस्ने आकलन गरिएको छ ।

स्वतन्त्र समूहका अध्यक्ष पदका उम्मेदवार दिपक सुवेदीको उम्मेदवारी कायम रहेपनि नेविसंघका सृष्टी आचार्यलाई सर्मथन गरेपनि अहिले नेविसंघ र अखिल संयुक्त प्यानल चुनावी मैदानमा छ ।

अखिल संयुक्तको प्यानलबाट सभापतिमा आस्विन शेखको समूह र नेविसंघबाट सृष्टि आचार्यको समूह चुनावी मैदानमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *