म्याग्दीकाे लुलाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

फाइल तस्बिर

आदर्श सञ्चार, म्याग्दी
म्याग्दीकाे धवलागिरि गाउँपालिका-२ लुलाङमा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ग १ त ७१९६ नम्बरको ट्याक्टर लुलाङ–गुर्जा सडक खण्डमा दुर्घटना हुँदा थप पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा लुलाङकै २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै र १८ वर्षीय डेबिन विकको लुलाङ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *