‘संघीयतालाई सुदृढ बनाउन जरुरी छ’

आदर्श सञ्चार, बागलुङ
पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीयतालाई सुदृढ बनाउन जरुरी रहेको बताउनु भइको छ । शनिबार बागलुङ नगरपालिकामा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संघीयतालाई उल्ट्याउनका लागि धेरै प्रयत्नहरु भएको भन्दै यसलाई बलियो बनाउनु पर्ने उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्षसमेत रहनु भएका श्रेष्ठले स्थानीय सरकार जनताको नजिकको सरकार भएको हुँदा यसलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो । जनताका आधारभूत आवश्यक पूरा गर्नका लागि स्थानीय सरकार गम्भीर भएर लाग्नु पर्ने श्रेष्ठले बताउनुभयो । संविधानले स्थानीय तहलाई बलियो बनाउने व्यवस्था गरेको उहाँको भनाइ छ ।

श्रेष्ठले भन्नुभयो – “हामीले नयाँ मोडेलको संघीयताको व्यवस्था गरेका हौँ, यसलाई सवल र सरल बनाउनु पर्छ, तीनै तहका सरकारलाई बलियो र मजबुत बनायो भने मात्रै नागरिकले संघीयताको अनुभूत गर्न सक्छन्, स्थानीय सरकार जनताको नजिकको सरकार भएको हुँदा यसलाई अधिकार सम्पन्न बनाउनु पर्छ, केन्द्र सरकारले बजेट व्यवस्थापनमा समानुपाति ढंगले वितरण गर्नु पर्छ ।”

सरकारले संघीयताको आभास हुने गरि सेवा प्रवाहलाई प्रभावकारी गराउनु पर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय जे जस्ता हल्ला फैलिए पनि लोकतन्त्रको विकल्प नभएको उहाँका भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *