आदर्श सञ्चार, बागलुङ
बागलुङ उद्योग वाणिज्य संघको नेतृत्वका लागि आगामी चैत १५ र १६ गते १९ औँ अधिवेशन हुँदै छ । अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य र पूर्ववरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् । अध्यक्षमा उम्मेवदवारी दिएका दुवै जना कांग्रेस निकट व्यवसायी हुन् ।
शाक्यको प्यानलमा काँग्रेससँगै नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ, नेकपा मसाल निकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङ, नयाँ शक्ति निकट समाजवादी उद्योग व्यापार संगठन र राप्रपा बागलुङ निकट व्यवसायीहरुको सहभागितामा प्यानल बनाईको छ ।
साथै शर्माको प्यानलमा कांग्रेस निकट व्यवसायी र नेकपा एमाले टिकट नेपाल उद्योग तथा व्यवसायी महासंघका व्यवसायीहरुको समर्थन रहेको छ । नयाँ नेतृत्व चयनका लागि १६ गते निर्वाचन गर्ने तयारी गरिएको छ। अध्यक्षमा उम्मेदवार दिएका दुवै जना कांग्रेस निकट व्यवसायी हुन् ।
वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको प्यानलबाट उद्योग तर्फ चुडामणी सापकोटा र तृष्णा श्रेष्ठ सुन्दरी शर्माको प्यानलबाट राम प्रसाद शर्मा र भूपेन्द्र खड्काको उम्मेदवारी परेको छ । महिला तर्फ शाक्यको प्यानलबाट तुलसी देवी शर्मा, अर्चना पालिखे र सृजना राजभण्डारी श्रेष्ठको उम्मेदवारी परेको छ भने शर्माको प्यानलबाट सविता आचार्य, चाँदनी श्रेष्ठ र कमला पराजुलीको उम्मेदवारी परेको छ ।
त्यस्तै खुल्ला सदस्यमा शाक्यको प्यानलबाट ऋषिराम गौतम, इन्द्रमणी पौडेल अर्जुन, नविनकुमार श्रेष्ठ, अर्जुन कँडेल, मनिष राजभण्डारी, चन्द्रराज रेग्मी, खिम कुमार श्रेष्ठ, गोकुल प्रसाद कँडेल, जिवनाथ शर्मा, विष्णु अधिकारी, महेन्द्र प्रसाद शर्मा, अकिल बहादुर क्षेत्री ध्रुव र नारायण सापकोटाको उम्मेदवारी परेको छ ।
साथै शर्माको प्यानलबाट खुल्ला सदस्यमा श्रीजय श्रेष्ठ, निलेश राजभण्डारी, राजेश भारी, दिपक हमाल, उमेश केसी, गणेश लम्साल, शिव शंकर शाह , रमेश शर्मा, सुदिप सागर कँडेल, युवराज कँडेल, राजु गौतम, बद्रि ढुङगाना, हरि आचार्यको उम्मेदवारी परेको छ ।
संघको अध्यक्ष १ अध्यक्षको लागि दुई, तीन महिला सदस्यको लागि ६ जना , उद्योग सदस्य २ का लागि ४ जना र खुल्ला सदस्य १३ पदको लागि २६ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भुमिश्वर गौतमले नयाँविश्व जानकारी दिनु भयो ।