पाँच वर्षमा बन्यो धौलागिरि क्याम्पसको पुस्तकालय भवन

खेमराज गौतम, बागलुङ
२०७६ सालमा शिलान्यास गरिएको धौलागिरि बहुमुखी क्याम्पसको प्रविधीमैत्री पुस्तकालय बल्ल पुरा भएको छ । तीन वर्ष सम्म अलपत्र जस्तै बनेको पुस्तकालय गतवर्षबाट पुन निर्माण थालिएको थियो । तीन तला ढलान भएर तीन वर्ष सम्म अलपत्र अवस्थामा रहेको पुस्तकालय भवन अहिले पुरा भएर सेवा दिन थालिएको छ । बजेट अभवामा अलपत्र बनेको पुस्तकालय तीन वर्ष पछि निर्माण थालेर गर्न थालिएको हो ।

धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा सुविधा सम्पन्न प्रविधिमैत्री पुस्तकालय भवन निर्माणका लागि २०७६ साल फागुन २९ गते शिलान्यास गरिएको थियो । शिलान्यासको दुईवर्षमै हावा ढलान सकिएको पुस्तकालय त्यसपछि बजेट अभवाका कारण अलपत्र बनेको थियो ।

पुस्तकालय भवनलाई सम्पन्न भई सेवा दिन थालिएको धौलागिरि बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रध्यापक डा. सुर्दशन सिलवालले जनाउनुभयो । प्रविधिमैत्री पुस्तकालय निर्माण गरी विद्यार्थीलाई पठनप्रति आकर्षण गर्न सो पुस्तकालय निर्माण थालिएको सिलवाले जानकारी दिनुभयो ।

तत्कालिन संघीय सांसद डा. सुर्य पाठकको सांसद विकास कोष अन्र्तगत रु. ७० लाख लागतमा ठडिएको भवन तीन वर्ष यता बजेट अभावमा काम अगाढी बढ्न नसकेको र अहिले त्रिभुवन विश्व विद्यालयकै बजेटले पुस्तकालय भवन सम्पन्न भएको हो ।
सांसद विकास कोषको २०७६ सालमा रु. ४० लाख र २०७७ सालमा रु.३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचना र त्रिभुवन विश्व विद्यालयलको रु. एक करोडमा सम्पन्न भएर पुस्तकालय सेवा दिन थालिएको छ । प्रविधिमैत्री पुस्तकालयमा २५ थान कम्प्युटर जडान गरेर सफ्टवयर मार्फत अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *