आदर्श सञ्चार, बागलुङ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षमा चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अभाव नभएको बताउनुभएको थियो ।
उहाँले केही भएन भन्ने मानसिकता त्याग्न आग्रह समेत गर्नुभएको छ । नेपाल संघावनै संभावनको खानी रहेको भन्दै निराशा त्यागेर काममा लाग्न अध्यक्ष ढकालले आग्रह गर्नुभएको छ ।
बागलुङ उद्योग वाणिज्य संघकोे ६१ औं वार्षिक साधारणसभा समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन तथा कृषि लगायतको निकै संभावना रहेकाले संभावनको पहिचान गर्न नसक्ने तर केही भएन भन्ने मानसिकताले जनतामा निराशा छाएका बताउनुभयो ।
बागलुङमा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गका कारण संभावनाको ढोका खोलेको भन्दै पर्यटन र जलविद्युतबाट बागलुङलाई समृद्ध बनाउन सकिने उहाँको भनाई छ ।
“केही भएन भन्ने मानसिकता त्यागौ, अहिले संभावनाको पहिचान गर्ने समय हो, लगानीको समस्या छैन, अहिले रकमको समेत अभाव छैन, तर नकरात्मक मानसिकता हटाउन आवश्यक हुन्छ, अहिले सरकारले समेत लगानीको वातावरण बनाएको छ” ढकालले भन्नुभयो “ठूलो कृषि परियोजनाले बाँझो जग्गालाई सदुपयोग गर्दै अर्थतन्त्रमा सघाउछ, राज्यले निजी क्षेत्रको सुझाव मनन गर्न थालेको छ, हामी सकरात्मक छौं ।”
१० अर्ब लगानीको नयाँ कम्पनी सञ्चालनमा ल्याएको बताउदै अध्यक्ष ढकालले अब लगानीको समस्या नभएको बताउनुभयो । उहाँले पर्यटकीय पूर्वाधार, धार्मिक क्षेत्र, शाहसिक पर्यटनमा नेपालको राम्रो संभावना रहेको बताउनुभयो ।
लगानीको अभाव हुन्न, संभावना खोजौ : अध्यक्ष ढकाल
