आदर्श सञ्चार, बागलुङ
बागलुङ उद्योग वाणिज्य सङ्घको १९औँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदानमा एक हजार १८७ मतदाता सहभागी भएका छन् ।
शनिबार बिहान ८ बजेदेशि शुरु भएको मतदान पाँच बजे सम्म चलेको थियो । एक हजार चार सय १६ मतदाता रहेको बागलुङ उद्योग वाणिज्यसंघमा ८३.८२ प्रतिशत अर्थात एक हजार १८७ मत खसेको प्रमुख निर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका–२ स्थित बालमन्दिर आधारभूत विद्यालयको प्राङ्गणको मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो ।
१९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, दुई उद्योग, तीन महिला सदस्य र १३ खुल्ला सदस्य चयन गर्नका लागि मतदान भएको थियो ।
बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि राजन कुमार शाक्य र उमाकान्त शर्माको दुई प्यानल चुनावी मैदानमा छ ।