बागलुङमा परम्परागत ‘चैते दशै मेला’


खेमराज गौतम, बागलुङ
चैते दशैंको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गरेको छ । बागलुङ चिनाउने मेलाका रुपमा समेत चैते दशै मेलालाई लिइने गरिन्छ ।


नेपालकै महवपूर्ण मेलाहरु मध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत्र २० गतेदेखि २५ सम्म आयोजना गर्न थालिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैतेदशैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा मेला आयोजना गरिने गरिन्छ । चैते दशैंका अवसमार कालिका भगवती मन्दिर दर्शनका लागि लाखौं दर्शनार्थीहरु आउने गरेका छन् ।

पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा व्यापारिक मेलाहरु आयोजना हुने गरेको भएपनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्व र इतिहास रहेको पाका पुरानाहरु बताउछन् ।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरि पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । चैते दशै मेलामा घरायसी प्रायोजनका सामाग्रीहरु डाला, नाङ्ला, ठेका, हातहतियार लगायतका बस्तुहरुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैते दशैमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाट समेत भक्तजनहरुको आगमन हुने गरेको छ । यस वर्ष मेलाको अवसरमा धार्मिक सम्मेलन समेत हुँने जनाइएको छ ।

मेलामा पुरुष भलिवको बिजेतालाई नगद २ लाख ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद १ लाख ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडिलाई नगद ५ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *