एकैदिन तीन लाख भक्तजन, ११ लाख भेटी संकलन

 

खेमराज गौतम, बागलुङ

चैते दशैैको मुख्य दिन चैत्राअष्टमीमा अहिले सम्मकै धेरै भक्तजनहरु कालिका मन्दिर दर्शनका लागि आएका छन् ।

चैते दशैंको अवसरमा बागलुङको प्रसिद्ध सक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जानएको छ ।

चैते दशै मेला प्रसिद्ध कालिका भगवती मन्दिर संग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको संख्यमा उल्लेख्य वृद्धि भएको हो । चैते दशैको मुख्यदिन शनिबार अष्टमीको दिन मात्रै तीन लाख भक्तजनहरु कालिका मन्दिर दर्शनका लागि आएको र सोही दिन ११ लाख ८१ हजार भेटी समेत संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

चैते दशैंमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला र भारतबाट समेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । पछिल्लो समय प्रचार–प्रसार र पूर्वाधार निर्माणसंघै कालिका मन्दिरमा दर्शनार्थीको संख्यामा वृद्धि भइरहेको खड्काले बताउनुभयो । उहाँले मुस्ताङ हिडेका धार्मिक पर्यटकहरु कालिका दर्शनलाई आउने गरेको बताउदै चैते दशैंको मुख्य दिन एकै पटक एक हजार चार पाङ्ग्रे सवारीसाधनले बाङ्गेचौर खेल मैदान भरिएको जानकारी दिनुभयो ।

चैतेदशै शुरु भएसंगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेपनि मुख्य दिन बिहानै चार बजेबाट एक किलोमिटर भन्दा लामो लाईनमा भक्तजन लामबद्ध भएर कालिका मन्दिर दर्शन गरेका थिए ।

“अहिले सम्मकै बढी भक्तजन कालिका मन्दिरमा भित्रिएको अनुनमान छ, सिसि क्यामेरा, फुल प्रसाद बिक्रीको संख्या, भेटीको संख्या र एक किलोमिटर भन्दा लामो लाईन दिनभर भएकाले चैते दशैंको मुख्य दिनमात्र तीन लाख दर्शनार्थी र चैते दशैंभर छ लाख पर्यटक भित्रिएका छन्” अध्यक्ष खडकाले भन्नुभयो “चैते दशैंमा बलीको संख्या घटेपनि नगद भेटी चढाउनेको संख्या बढेकाले एकै दिन ११ लाख भेटी संकलन भएको हो ।”

नेपालकै महवपूर्ण मेलाहरु मध्येको एक चैतेदसैं मेला यस वर्ष चैत को २० देखि २५ गते सम्म चलिरहेको छ ।
नवरात्रको चौथो दिनदेखिनै कालिका मन्दिरको पार्कीङ स्थलले नथेगेपछि धार्मिक पर्यटक बोकेका सवारीसाधनहरुलाई बाङ्गेचौर खेल मैदानमा पठाइएको थियो ।

चैते दशैं मेलामा तीन करोड भन्दा बढीको आर्थिक कारोबार हुने मन्दिर व्यवस्थापन समितिको अपेक्षा रहेको छ । कालिका मन्दिरका कारण बागलुङको पर्यटन व्यवसाय फष्टाउदै गएको पर्यटन व्यवसायी एन्जिल शाक्यले बताउनुभयो ।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरि पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर वि.सं.१५९१ सालमा स्थापना गरिएको इतिहास छ ।

चैते दशै मेलामा घरायसी प्रायोजनका सामाग्रीहरु डाला, नाङ्ला, ठेका, हातहतियार लगायतका बस्तुहरुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ ।

यो पनि पढ्नुहोस्