पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण

डम्मर बुढामगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिबाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरि रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पु¥याउनका लागि पदमार्ग निर्माण गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटमा रेलिङसहितको पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिनुभयो । गत मंसिर २० गते सम्झौता गरि फागुन २६ गते सम्पन्न भएको उहाँको भनाइ छ ।

उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब २५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताउनुभयो । उपभोक्ता समितिले तीव्र गतिमा काम गर्दा साढे दुई महिनामै पदमार्ग सम्पन्न भएको उहाँ बताउनुहुन्छ । बाइसे चौबिसे राज्यका बेला भूरे राजाले राज गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटको आकर्षण बढेको छ ।

नरसिंहकोटमा पूर्वधार बन्दै गएपछि आन्तरिक पर्यटकहरु समेत बढ्दै निसीखोला गाउँपालिका–७ अध्यक्ष दीपक कुँवरले (दीपु) जानकारी दिनुभयो । बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमापुग्न व्यवस्थित पदमार्ग नहुँदा पर्यटकले सास्ती खेप्नु परेको भन्दै अब सहज हुने उहाँको भनाइ छ । पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा रु २० लाखमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थल लगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

अहिले उक्त स्थानमा खेलमैदान पनि निर्माणाधिन अवस्थामा रहेको उहाँको भनाइ छ । नरसिंहकोटमा पुग्नको लागि बुर्तिबाङ बजारबाट गाडीमा १ घण्टा र पैदल यात्रामा साढे १ घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडक बाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारी साधानमा जाँदा केही फेरो पर्ने उहाँ बताउनुहुन्छ ।

अध्यक्ष कुँवरले भन्नुभयो – “धेरै संभावना हुँदा हुँदै पनि विगतमा नरसिंहकोट ओझेलमा थियो तर अहिले चर्चामा आएको छ, अहिले प्रत्येक दिन पर्यटकको आगमन हुन्छ, बिदाको दिन त अझ बढी पर्यटक घुमघामका लागि यहाँ आउने गर्छन्, अहिले हामीहरुले पनि यस क्षेत्रको प्रवद्र्धन गर्नका लागि पूर्वधार निर्माण र प्रचारप्रसारलाई जोड दिएका छौँ ।”

नरसिंहकोटबाट बुर्तिबाङ बजारसहित बागलुङको विभिन्न स्थान, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरु देख्न सकिन्छ भने धौलागिरी हिमाल लगायत दजौनौँ हिमश्रृङ्खलाहरु र उच्चपहाडी क्षेत्रको सहज रुपमा अवलोकन गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्