आदर्श सञ्चार, बागलुङ
वडाअध्यक्षको मृत्युले बागलुङको ताराखोला गाउँपालिका शोकमा छ । ताराखोला गाउँपालिका–३ का वडा अध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत अवस्थामा भेटिएपछि गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
वडा अध्यक्षको निधनमा शुक्रबार शोक दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर गैरेले जानकारी दिनुभयो ।
बिहिबार बसेको कार्यपालिकाको बैठकले पालिकाभित्रका सबै सरकारी कार्यालयमा शोक बिदा दिने निर्णय गरेको गैरेले जानकारी दिनुभयो ।
काँक्राखोर निवासी भण्डारी घरदेखि ५० मीटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिनुभएको थियो । गत स्थानीय निर्वाचनमा भण्डारी माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
बैठकले स्व. भण्डारीले आफ्नो कार्यकालमा जनप्रतिनिधिका रुपमा गाउँपालिकाप्रति पु¥याएको सेवा, सहयोग र सद्भावको स्मरण गर्दै शुक्रबार आकस्मिक सेवा बाहेकका स्वास्थ्य, शैक्षिक संस्था र पालिका अन्तर्गतका सार्वजनिक संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको छ ।
वडा अध्यक्षको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।