खडेरेपछिको वर्षाले किसान खुसी

खेमराज गौतम, बागलुङ
लामो समयको खडेरीपछिको वर्षाले यहाँका किसानलाई राहत पु¥याएको छ । विशेषगरी मकैंबाली र फलफुल खेतीका लागि यसपटकको वर्षाले किसानलाई खुसी बनाएको छ ।
बुधबार रातिदेखि बिहीबार बिहान सम्म परेको वर्षाले बागलुङका किसानलाई राहत महशुस भएको छ ।

चैतको शुरुमा सामानय वर्षा भएपनि दुई महिनापछि किसानलाई राहत हुनेगरी ठूलो वर्षा भएको छ ।  वर्षाले गहुँ थन्क्याउने किसानलाई केही समस्या बनाएपनि अन्य किसानलाई राहत पु¥याएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो ।
मर्कै छर्ने समयमा लामो खडेरी परेपछि निराश बनेका किसान वर्षाले खुसी छन् ।  वर्षासँगै तल्लो भेगमा चैते धान रोपन समेत सहज भएको छ । बागलुङका उच्च पहाडी क्षेत्रमा पानीले आलु, सुन्तला र स्याउलाई राम्रो गरेको छ भने तल्लो भेगमा मकै खेतीलाई राहत पु¥याएको हो ।

“मकै छर्न समस्या भएको थियो वर्षाले सहज बनायो, सुन्तला जन्य फलफुल खेतीलाई राहत बनाएको छ, खडेरीका कारण छरीसकेको मकै समेत उर्मन नसकेको अवस्था थियो, दुई मनिा भन्दा धेरै समयपछि राम्रो वर्षा भयो” गलकोट नगरपालिका–१ का किसान सन्तबहादुर खत्रीले भन्नुभयो “धुलो र धुवाले समेत समस्या बनाएको थियो, वर्षाले राहत बनायो, वर्षाले खलैची र सुन्तला खेतीलाई समेत सहज बनाएको छ ।”

खडेरीले बागलुङमा उत्पादनको हिसाबले पहिलो खाद्यान्न बाली मकैमा गत वर्ष क्षति पुगेको थियो । करिब २० हजार सात सय हेक्टर जमिनमा मकै लगाउने गरिएकोमा लामो समयको खडेरीले मकैका बोट सुकेका थिए ।

उच्च पहाडी क्षेत्र ढोरपाटनको उपल्लो भेगमा हिमपात समेत भएको छ । जिल्लामा खडेरीको प्रभाव अलैँची खेतीमा समेत परेको थियो । खडेरीका कारण आगलागीका घटनाहरु समेत भइरहेकाले पानीपर्दासाथ आगलागीका घटनामा कमी आउने देखिन्छ ।

 

यो पनि पढ्नुहोस्