बेवारिसे बालबालिकाका लागि अमोर सेवा नेपाल क्रियाशिल छ । स्याङ्जाको फेदिखोला गाउँपालिका–१ मा रहेको यस बालगृहमा अहिले २३ जना बालवालिका छन् । फेदिखोला गाउँपालिका–१ कि ३३ बर्षिया कमला पराजुलीले विगत ८ वर्षदेखि अमोर सेवा नेपाललाई बालगृह मात्र होइन, अभिभावक विहिनहरुको घर बनाउन प्रयासरत हुनुहुन्छ । र त पराजुलीलाई अमोरका बालवालिकाले आमाको रुपमा समेत बोलाउने र सम्मान गर्ने गर्छन् । अविवाहित तर दर्जनौ बालबालिकाका आमा बनेकी तिनै अभियन्ता कमला पराजुलीसँग आदर्श सञ्चारका सहकर्मी साधना पन्तले गरेको कुराकानीको सम्पादित अशंः
सेवा गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन् भनिन्छ । तपाई पनि यही मार्गमा देखिनु हुन्छ । यस्तो सेवाको भाव कहाँबाट आयो ?
तपाईको यो प्रश्नको ठ्याक्कै जवाफ म संग छैन । मैले यस्को जवाफ दिन सक्छु जस्तो लाग्दैन । यो मेरो अन्तर मनको आवाज हो । मेरो अन्तर आत्मबाट आएको कुरा हो । मैले यो अरु कसैले गरेको देखेर गरेको अनि अरु कसैले यो गर भनेर गरेको पनि होइन । मेरो भित्री आत्मदेखि आएको आवाज हो । जस्लाई मलै गर्दै गए र दुनियाँले सेवाको नाम दियो ।
अमोर सेवा नेपाल, यो नाम कसरी राख्नुभयो । यो संस्थाबाट कस्लाई र कस्तो सेवा दिदैं आउँनुभएको छ, तपाई आफै बताइदिनुस न ?
अमोर भनेको फेन्च वर्ड हो । म डिप्लोमा पढ्दै गर्दा मेजर इन्लीसको कितावमा मैले भेटे । यस्को नेपाली अर्थ माया ममता हुन्छ । अमोरलाई लभ भनेर बुझन सकिन्छ । म बालबालिकाको क्षेत्रमा काम गर्न थालेको समयमा ठ्याक्कै भेटिएको यो शब्द मैले यहि क्षेत्रको लागि उपयुक्त हुन्छ भनेर रोजे । बालवालिका संग भावनात्मक रुपले जोडिएपछि मन मुटु सबै जोडिदै जाने भएकाले पनि यो सब्द निकै अर्थपूर्ण छ जस्तो लाग्छ । त्यसैले यो शब्लाई मैले मेरो संस्थाको नामको लागि रोजेकी हु“ ।
अमोर सेवा नेपाल बालगृहबाट कस्ता कस्ता बालवालिकाहरुले कस्तो सेवा पाउँछन् ?
संस्थाबाट विषेश गरी बाबा आमा नभएका बालवालिकाहरु, सडकमा भएका बालवालिकालाई हुर्काउने बढाउने, संरक्षकत्व प्रद्धान गर्ने गरिरहेका छौं । अमोर सेवा नेपाल बालगृह हाम्रा ति बालवालिकाहरुको लागि घर हो । उनिहरु दिउसोको समयमा विद्यालय जान्छन् । सा“झ विहान आफनो घरमा बस्छन् । त्यसैले एउटा आफ्नो परिवार भएको बाबा आमा भएको छोराछोरीहरुको लागि घरमा जति माया ममता मिल्छ, संरक्षकत्व मिल्छ, अमोरमा रहेका छोराछोरीहरुलाई पनि संस्थाको नाम अनुसारकै माया दिने, अपनत्व दिने काम गरिरहेका छौं । तर अमोर सेवा नेपालको उद्देश्य यस्ता बालवालिकाहरुको क्षेत्रमा मात्र काम गर्ने भन्ने छैन । हामिहरुले अन्य सडक मानवहरुको क्षेत्रमा पनि मानव सेवा आश्रम संग मिलेर काम गर्ने गरेका छौं ।
जमना कठोर छ, आफ्नै अभिभावकले सन्तानलाई जन्माएर सडकमा छोडिदिएका छन्, बन जंगल र कुना कन्दाराहरुमा छोडिदिएका छन् । तर तपाई त्यस्तै बालवालिकाहरुको आमा बन्नुभएको छ, कसरी ?
विषेश त यो क्षेत्र मेरो आत्मसन्तुष्टिको लागि रोजेको क्षेत्र हो । म जहा“ गएपनि कुनैपनि बालवालिकालाई सडकमा देखे भने पीडा हुन्छ । अहो कसरी यी बालवालिको लागि मैले के गर्ने होला भन्ने हुन्छ । तर हामिले सबैको लागि सबै गर्न सक्दैनौं । हामि आफैले चाहेर पनि कतिपय कामहरु गर्न सकिरहेको हु“दैनौं । विषेशत यो मैले मेरो आत्म सन्तुष्टिको लागि गरेको काम भएको हुनाले गरिरहेकी छु ।
यो तपाईको सानै देखिको सपना हो कि पछि विकास भयो ?
यो सेवाभाव ममा बच्चै देखि थियो । तर ठ्याक्कै यस्तो काम गर्छु भन्ने सपना बाल्यकालमा थिएन । म पृथ्वीनारायण क्याम्पस पढ्थे । मेरो घर स्याङजा । तर पनि म घरबाटै क्याम्पस आउने जाने गर्दथ्ये । बाटोमा हिड्दा पोखराको सडकहरुमा धेरै बच्चाहरु देख्थ्ये । मलाई साह्रै नराम्रो लाग्थ्यो । हाम्रो समाज यस्तो छ कुकुर विरालो सोखले पाल्छौ तर मान्छे पाल्न ग्राहो छ । हाम्ले चाह“दैनौ । त्यती बेला मेरो मनमा यस्तो लाग्यो । सडकमा भएका यी बालबालिका मध्ये दुई जनालाई म लिन्छु, अरु कसैले पनि यस्तै एक दुई, एक दुई बालवालिका लगेर पाल्दिए हुन्थ्यो । त्यसो गर्नेहो भने यी बालवालिकाहरु अभिभावक विहिन हुनु पर्दैन्थ्यो भन्ने मलाई लाग्थ्यो । मैले त्यती बेला सोचेको थिए दुई वटा बच्चा म लिन्छु लिन्छु । पछाडी यहि क्षेत्रमा लाग्नु रैछ । त्यो बेला विभिन्न कामको शिलसिलामा काठमाडौंको एकजना दिदी, उहालाई मैले सम्झिन भने अन्याय हुन्छ टिका फाउण्डेसन चलाएको लक्ष्मी तामाङ दिदी हुनुहुन्छ । उहा“ले मलाई सल्लाह दिनुभयो । बैनी तपाईले व्यक्तिगत रुपमा यस्तो निर्णय नगर्नुस । संस्थागत रुपमा गर्नुस यो काम भन्नुभयो । अरुले पनि तपाईलाई चिन्छन् काममा पनि आत्मसन्तुष्टि मल्छि भन्नुभयो । अनि मैले सोचे हो दुई जना तपाई पाल्नुस दुई जना म पाल्छु भनेर कहा कहा हिड्ने कस्लाई यो कुरा बुझाउने । त्यो भन्दा सं स्थागत रुपमा गर्छु भनेर सोचे ।
के यो सजिलो छ ? कतिले यो हुँदैन सकिदैन पनि भनेका होलान, सुरुवातमा परिवारले के भन्नुभयो ? अहिले के भन्छ ?
हरेक काम जटिल हुन्छन् । सजिलो कुन काम हुन्छ र । अझ यो त बालवालिकाको काम भएको भएर जोखिम छ । चुनौती छ । समजले त मलाई त्यती वेला विश्वास गरेको थिएन । मैले यो काम गर्छु भन्दा हासोको पात्रको रुपमा लिएको थियो । यस्ले के गर्ली । राज्यले नसकेको यस्ल गर्छे भन्थे । तर मलाई मेरो परिवारले तैले सक्दिनेस भनेर कहिलै भनेन् । म यो गर्छु भन्यो भने बाबा ममिले हुन्छ गर हाम्रो साथ छ भन्ने । उहाको साथ हौसला र प्रेरणा नभएको भए म एक्ली केटि मान्छे आज यहासम्म कसरी आउथे होला । समाज विस्तारै परिर्वतन हुन्छ । समाजले मलाई भन्दा पनि मेरो कामलाई विश्वसा गर्ने हो । विस्तारै परिर्वतन हु“दै छन् सोचहरु । अहिले र पहिलेको अवस्थामा धेरै परिर्वतन आइसकेको छ । मैले त्यो समयको र यो समयको तुलना गरेर कुरा गर्न थाले भने त धेरै समय लाग्छ । मैले भोगेका र मैले गरेका संघर्षका दिन सम्झदा पनि पीडा हुन्छ । तर त्यो संघर्षले नै आज यहा“सम्म ल्याएको छ । कुनै दिन यस्तो पनि आयो हो म सक्दिन । परिवारको सहयोगले मात्र हु“दैन समाजले विश्वास गरेन भने भन्ने दिन पनि आयो । भन्न मन नभएपनि भन्नै पर्छ , हाम्रो समाजले छोरीहरुलाई जति आदर्शको कुरा गरे पनि समाजको दृष्ट्रिकोण फेरिएको छैन । मैले बालगृह सञ्चालन गर्छु, बालवालिकासंग काम गर्छुृ भन्दा मलाई एउटा सामान्य विधान संसोधन गर्न एक वर्ष लाग्यो । त्यतीबेला यो अविवाहित केटीलाई यस्तो काम गर्ने अनुमती दिनुहु“दैन यस्ले छोड्छे जान्छे भनेर अवरोधहरु आए । एतिसम्म पनि भने, सडकका बालवालिका उठाएर दुनिया“लाई देखाएर कमाउ“ने बाटो खोजी पनि भने । धेरै अफ्ट्यारोे समय पार गरेर यहाँसम्म आइपुगेको छु ।
अहिले समाजले तपाइलाई अमोरमा रहेका बालवालिकाको आमाको रुपमा चिन्छ । तपाई अविवाहित, यसरी छोराछोरी हुर्काउँदा अहिलेसम्मको अनुभव कस्तो छ ?
तपाईलाई धन्यावद । यो प्रश्न गर्दिए हुन्थ्यो भन्ने लागेको थियो । म प्राकृतिक रुपमा आमा त बनिन् । म अप्राकृतिक रुपमा अहिले आमाको रुपमा चिनिएकी छु । एउटा सन्तान जन्माउ“दा आमालाई कति पीडा हु“दो हो त्यो भन्दा शारिरीक रुपमा कम पीडा भएपनि मानसिक रुपमा भने बढी नै ग्राहो भयो सुरुवातमा । घरमा एउटा बच्चा समाल्दा कत्ति ग्राहो हुन्छ । मैले २२÷२५ जना बालवालिका समालेको छु । ग्राहो भएपनि सन्तुष्टि हुन्छ । जब मलाई बाहिर निस्कने बेलामा मामु राम्रोसंग जानुस भन्छन् । सा“झ फर्कदा मेरो अनुहार अध्ययान गर्न सक्ने भएका छन् मेरा छोराछोरी । मामु हजुरलाई टाउ“को दखेको छ, पानी पिउनुहुन्छ भन्छन् अगाडी पछाडी दौडन्छन् त्यो भन्दा ठुलो सन्तुष्टि के हुन सक्छ एउटा आमाको लागि । म धेरै खुसी छु ।
के पाउँनुहुन्छ तपाईले यो सब गरेर ?
यो सब गरेर मैले आत्म सन्तुष्टी पाउछु । मैले विवाह गरेको भए म घर जा“दा एउटा बच्चाले मामु भन्थ्यो होला, दुईवटा बच्चाले मामु भन्थे होला । अहिले म घर जादा मेरा २३ जना बच्चाहरु मामु आउ“नुभयो भनेर खुसी हुन्छन् । मैले ति बच्चाहरुलाई मेरो बच्चाहुन भनेर स्वीकार गरे पछि जब म उनिहरुको मुहारमा खुसी देख्छु म तेसै खुसी हुन्छु । मैले पाएको खुसी, आत्मसन्तुष्टि हो ।
यो समाज सफा छैन, अमोरमा भएका छोराछोरी हुर्कर्दै हुनुहुन्छ, बढ्दैं हुनुहुन्छ, उहाँहरुको भविश्यको बारेमा चिन्ता र चासो पनि पक्कै बढ्दै छ । यस्लाई कसरी सोच्नुभएको छ ?
छोराछोरीको शारिरीक वृद्धि विकासको लागि सानोमा चिन्ता भएपनि अन्य सामाजिक कुराहरुमा भने सानोमा खासै चिन्ता नहुने रहेछ । उनिहरुलाई खुवायो, सुतायो उठायो, दिसा पीसाव तर्कायो त्यही त हो । तर जब जब छोराछोरी हुर्कदै जान्छन् चिन्ताका विषयहरु धेरै थरि हुँदा रहेछन् । हाम्रा छोराछोरी बढ्दै जा“दा मैले बुझिरहेकी छु । छोराहरुको पनि चिन्ता त हुन्छ तर छोरीहरुको चिन्ता बढी हुने रहेछ । समाजमा दिन प्रतिदिन घटनाहरु घटिरहेका छन् । एउटा मात्र सन्तानको बाबा आमा त कति चिन्तित देख्छु मैले । हाम्रो त २३ जना छोराछोरी छन् । मैले मेरा छोरीहरुलाई कसरी सुरक्षित राख्न सक्छु भनेर सबैठुलो चिन्ता र चुनौतिको विषय हो यो । छोरीहरुलाई राम्रो संस्कार दिएर यिनिहरुको भविश्य कसरी राम्रो बनाउ“ने भन्ने मात्र अहिलेको सबैभन्दा ठुलो चिन्ताको विषय छ ।
२३ छोराछोरी हुनुहुन्छ । उहाँलाई हुर्काउने, बढाउने, पढाउने, स्वास्थ्य । यो खर्चको व्यवस्थापन कसरी गर्नुभएको छ ?
अहिले सम्म विदेशी संघ संस्थाहरुबाट सहयोग लिएका छैनौ । अहिले सम्म नलिने भन्ने छ । पाँच वर्ष भयो । मुठिदानबाट ललिरहेका छौं । हाम्रो बालगृहको ११ कोठे भवन छ । सरकारले ११ कोठे भवन बनाउँन २५ लाख सहयोग गरेको थियो । सुरुवातका तीन वर्ष हामीलाई खाद्यन्न र लत्त्ताकपडमा केहि समस्या भएन । विष्णु प्रसाद ढकाल भन्ने स्याङजाको प्रजिअ हुनुहुन्थ्यो । उहा“ले तीन वर्ष सम्म सबै उहा“ले गर्दिनु भयो । पछिल्लो समय बालगृहमा जन्मदिन मनाउन आउने, विवाह वर्षगाठ मनाउँन आउ“ने, पृतिहरुको सम्झनामा सहयोग गर्न आउनुहुन्छ । हाम्रो खर्च व्यवस्थापनको मुख्य आधार यहि हो ।
तपाईसंग भएका छोराछोरी कुन–कुन जिल्लाबाट हुनुहुन्छ ? यस्ता बालवालिकाहरु हामिहरुले भेट्यौ भने अमोर सम्म ल्याईपु¥याउँन के गनुपर्छ ?
मुगु,बर्दिया, रुकुम र स्याङजा गरेर चार जिल्लाका बालवालिका हुनुहुन्छ । बालवालिकाको क्षेत्र सम्वेदनशिल पनि हो । यत्तीकै ल ल भनेर पनि भएन । प्रक्रियामा जानु पर्छ । विषेश ख्याल पु¥याउ“नु पर्छ । पहिले बालकल्याण समिति थियो । अहिले सिडियोले सिफारिस नगरे सम्म हामिहरुले राख्ने गरेको छैनौ । पछिल्लो समयमा सरकारले आफ्नो स्थानीय निकायमा रहेका त्यस्ता बालवालिकाहरुलाई स्थानिय तहले हेर्नुपर्छ भनेको छ । तर त्यो कति सम्भव होला कति नहोला उनिहरु कति जिम्मेवार छन् छैनन् त्यो उनिहरुको कुरा हो । तपाईहरुले पनि त्यस्तो बालवालिका भेट्नु भयो भने सम्बन्धीत स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालय मार्फत ल्याई पु¥याउ“न सक्नुहुन्छ ।
यो काम राज्यको हो । एउटा राज्यले गर्नुपर्ने काम तपाईले गरिराख्नु भएको छ । यो कहिले सम्म चल्छ ?
जहिले सम्म राज्य जिम्मेवार हु“दैन तब सम्म यो चलिरहन्छ । एउटा व्यक्ति एउटा संस्थाले गरेर सम्भव हुने काम यो होइन । मैले २३ जना बालवालिका बालगृहमा राख्दैमा सडकमा बालवालिका छैनन् भन्ने होइन् । दिन दिनै सडकमा बालवालिका बढ्दै गएका छन । बालवालिका, जेष्ठ नागरिक, अपाङगता भएकाहरुको क्षेत्रमा सम्वेदनशिल बन्नुपर्ने देखिन्छ । अरुको क्षेत्रमा भत्ता देखि लिएर केहि सेवा सुविधा र स्थानिय तहरुले कार्यक्रम ल्याएको देखिएपनि बालवालिकाको क्षेत्रमा राष्ट्र सम्वेदनशिल छैन । अरु धेरै कारणहरु भएपनि एउटा कारण बालवालिका मतदाता होइनन् यो पनि हो जस्तो लाग्छ ।म गलत पनि हुन सक्छु । अमोर स्याङजा जिल्लाको एउटा मात्र बालगृह हो । त्यहाँका स्थानीयतहहरुले अलिकति मात्रै सम्वेदनशिलता देखाउँने हो भने कुनै पनि बालवालिका सडकमा बस्नु पर्दैन । तर खोइ किन किन उहा“हरुमा सम्वेदनशिलता पटक्कै छैन । वास्ताविकता यहि हो ।
तपाईले गर्नुभएको यो काम सबैले गर्न सक्दैनन्, गर्ने आँट पनि गर्न सक्दैनन् तर तपाईले गर्नुभएको यो सेवामा हामिजस्तो मान्छेहरुले के गर्दियो भने थप सजिलो हुन्छ ?
मैले ठुलो काम गरे भन्ने मलाई लाग्दैन । तर यो सजिलो काम पनि होइन । मैले अरुको लागि होइन मेरो लागि गरेको काम हो यो । जब अभिभावक विहीन बालवालिका देख्छु मलाई पीडा हुन्छ । हामिहरुले विदेशिको सहयोग लिदैनौ, नेपालीहरुको सहयोगबाट मात्र सञ्चालित छौं । तपाईले दिनमा तिन कप चिया पिउनु हुन्छ भने एक कप चियाको खर्च मनोरोगी, अपाङगता भएका, सडकमा भएका र हामी जस्ता संघ संस्थामा भएका बालवालिकाहरुको लागि छुट्याईदिनु भयोे भने पनि धेरै ठुलो उपकार हुनेछ । सोचमा सकरात्मकता आयो विस्तारै राम्रो हुन्छ ।