बागलुङका सापकोटाद्धारा एनआरएनए कोषाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली सघं (एनआरएनए)को आगामी ग्लोबल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सोम सापकोटाले आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
आफ्नो कार्यकालमा एनआरएनको आर्थिक ब्यबस्थापनमा नयाँ अबधारणा दिनुभएका सापकोटाले अब कोषाध्यक्ष भएर आगामी कार्यकालमा अधुरा योजनालाई पुरा गर्ने उद्घोष गर्नुभएको छ ।संस्थालाई बलियो र परिणाम मुखी बनाउन आर्थिक पाटोलाई मेरुदण्डको रुपमा बुझ्ने र प्रयोग गर्ने दुरदर्शी भिजन भएका सापकोटाको नेतृत्वमा ९२०१७(२०१९० थुप्रै दिर्घकालिन योजनाहरु लन्च भएका छन् ।
संस्थाको योजना सफल हुनुमा आर्थिक पारदर्शिता मूल सूत्रको रुपमा ग्रहण गरेका सापकोटाले आफ्नो उम्मेद्वारीसंगै आँफ्ना अधुरा कार्यहरुलाई पुरा गर्न प्रतिबद्दता व्यक्त गर्नुभयो । ‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ, दिर्घकालिन योजना भएका कारण तत्काल तत्काल नतिजा आएको छैन, धेरै परियोजनामा प्रतिवद्धता भएको छ तर उठेको छैन । मेगा प्रोजेक्टको अवस्था उस्तै छ । यी योजनाहरु आर्थिक रुपले माइनसमा छन् तर पनि यसको ब्यबस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु’, उहाँले भन्नुभयो ।
मौजाद कार्य समितिमा निडर, क्रियाशिल, समर्पित र प्रतिवद्ध र गैर आबासिय नेपाली संघ नजिकबाट बुझेका सदस्यको रुपमा आँफुलाई स्थपित गर्नुभएको छ। संस्थामा सबै खाले एनआरएन र संसारका सबै रिजनबाट केन्द्रिय समितिमा प्रतिनिधित्व हुनुपर्ने साथै गैरआबासिय नेपाली संघ सुरुवात बैदिसिक रोजगारबाट सुरु हुने हुनाले एनआरएनएको भूमिका बैदेसिक रोजगारमा बब्स्थापन र सहायोगमा हुने पर्ने उहाँको जिकिर छ।
बर्तमान कार्य समितिमा रहदा उनले नेपाल टुरिजम प्रमोसन कमिटीको संयोजक साथै बैदेसिक रोजगार कल्याण कारी कोष कोसंयोजक पदमा रही रचनात्मक काम गरेका सापकोटा एनआरए अभियानमा आफुलाई अब्बल दर्जाको एनआरएनमा स्थापित गर्नुभएको छ। यूरोपको २५ वर्षको बसाई अनि एनआरएनएको स्थापना कालदेखि नै सक्रिय सापकोटाले विभिन्न खाले सामाजिक कार्य गर्दै आफ्नो समाज र मातृभूमि प्रति जिम्मेवारी पुरा गर्नुभएको छ ।

सोम सापकोटाको एनआरएन यात्रा
गैरआवासीय नेपाली संघमा सोम सापकोटाको १६ बर्षे लामो यात्रा सन् २००४ पोर्चुगलबाट ९साधारण सदस्यबाट० सुरु भएको थियो । पहिलो पटक २००५(००७ कार्यकालका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यकारी सदस्यको जिम्मेवारी बहन गर्नुभएको थियो ।
एनआरएनए संस्थाले बिश्व संजालमा आफ्नो अस्तित्व घनिभूत बनाउदै गर्दा डेनमार्कमा पनि एनआरएनको जग बसाल्दै २००९(०११ कार्यकालका लागि संस्थापक अध्यक्षको जिम्मेवारी निभाउनुभयो । त्यसैगरि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य २०११(०१३ कार्यकालका लागि मनोनीत हुनुभयो।
निरन्तर एनआरएनकै जिम्मेवारी बहन गर्दै आउने क्रममा २०१३(२०१५ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् यूरोप क्षेत्रको उपसंयोजकको सकुसल जिम्मेवारी निभाई सकेका सापकोटाले २०१५ (१७ सम्म गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यका रुपमा क्रियाशिल हुनुभएको थियो । त्यसैगरी बर्तमान केन्द्रिय समितिमा सहकोषाध्यक्षको ९२०१७(२०१९० रुपमा कार्यरत हुनुहुन्छ।
गैर आबासिय नेपाली संघ कोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाकि रहेका अधुरा योजना सपन्न गर्न साथै आर्थिक रुपले समप्पन्न एनआरएनए निर्माण अभियानमा समर्पित हुने उदेस्य सहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।
सामाजिक सेवामा अब्बल व्यक्तित्वको पहिचान बनाएका बाग्लुङ घर भएका सापकोटा हाल रोजगारको शिलशिलामा डेनमार्कमा हुनुहुन्छ। सापकोटा विभिन्न सामाजिक सेवा मुलक संस्थाहरुमा पनि आबद्ध रहदै सामाजिक सेवामा लामो अनुभव बटुलेका बहु आयामिक व्यक्ति हुनुहुन्छ ।
आप्रवासी कामदारहरुको हकहितका लागि ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा बोकेर बिश्व संजाल बनेको एनआरएनएमा लामो समय देखि जिम्मेवारी बहन गर्दै आउनुभएको छ । विश्वभर रहेका आप्रबासीहरुलाई गोलबन्द गर्दै एनआरएनए अभियानकर्मीका रुपमा उहाँको उदाहरणीय भुमिका रहदै आएको छ।

नेपाल र नेपालीका लागि पर्यटन क्षेत्रमा योगदान

बिदेशमा रहेर पनि दिलो ज्यान दिएर सुन्दर र सुरक्षित पर्यटनका लागि प्रचार प्रसारमा अहम भूमिका खेल्ने व्यक्तिहरु मध्ये एक सोम सापकोटा हुनुहुन्छ। उहाँको नेपाल र नेपालीका लागि पर्यटन क्षेत्रमा ठुलो योगदान छ । गैर आवासीय नेपाली संघले नेपाललाइ पर्यटन स्थलको रुपमा विश्व सामु चिनाउन प्रचार प्रसारका लागि छुट्टै कार्यदल निर्माण गरेको थियो, उक्त कार्यदलमा रहेर काम गर्दा उनको उच्च मूल्यांकन पछी नेपाल सरकारले डेनमार्कका लागि सोम सापकोटालाई ९२०१६\२०१८० पर्यटन दुतमा नियुक्ति गरेको थियो ।
देशमा आएको बिकराल भुकम्प पश्चात नेपाल विश्व सामु प्रयटकिय दृष्टिकोणले असुरक्षित छ भन्दै फैलाएको भ्रमलाई चिरफार गर्न युरोपका २७ वटा देशहरुमा पुगेर सापकोटाले सुन्दर अनि सुरक्षित पर्यटन नेपाल भएको बिश्वस्त तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए । युरोपका विभिन्न देशमा रहेका नेपालीहरु संग समन्वय गरेर बिविध कार्यक्रम मार्फत हाम्रो देश सुन्दर र सुरक्षित प्रयटन स्थल भएको सन्देश छर्दै युरोपका देशहरुलाई नेपाल घुम्न आउने वातावरण सिर्जना गर्नुभयो। उहाँको भाषिक तथा शैक्षिक क्षमताले पनि यस प्रयटन क्षेत्रको प्रोमोसनका लागि महत्वपूर्ण भूमिका निर्बाह गर्न सफल हुनुभएको हो । नेपाल टुरिजम बोर्ड अन्तर्गत ‘भिजिट नेपाल युरोप २०१७’ को कोअर्डिनेटर भएर सोम सापकोटा युरोपका देशहरुबाट पर्यटकहरु नेपाल भित्र्याउने कार्यमा महत्वपुर्ण भूमिका खेल्नुभयो । नेपाल टुरिजम प्रोमोटका लागि संचालित ‘अतिथि देवो भवस् अभियान’को कोअर्डिनेटर लिडर समेत जिम्मेवारी बहन गर्दै पर्यटनका लागि युरोपका देशहरुमा प्रचारप्रसार अभियानलाई ब्यापक बनाउनुभएको थियो ।
देशको समृद्धका लागि हाम्रो देशको प्रयटन क्षेत्र नै काफी छ भनेर बुझेका सापकोटा अझै पनि प्रयटन ब्यबस्थापनका लागि अभियानरत छन्, प्रयटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन दुरगामी योजना र भिजन बोकेर सामाजिक उत्थानमा प्रतिवद्ध हुनुहुन्छ ।

दीगो बिकासका लागि उहाँको शिक्षामा प्रविधिको नयाँ आयाम
दिगो बिकाशका लागि तन, मन धन र समयका साथै दुरदृष्टि भएको भिजन पहिचान गर्न अति आवश्यक छ । यस्तै दुरगामी भिजन भएका सापकोटाले समाज परिवर्तनका लागि पहिलो आधार शिक्षालाई मान्नुहुन्छ। आजका बालबालिकाहरुले शिक्षामा नयाँ ढंगको प्रयोग र उपयोग गर्न पाउनु पर्छ भन्ने मान्नेता उहाँमा छ । आफुले पढेको स्कुल, कक्षा कोठा र झोलामा बोक्ने किताव तथा पाठ्य सामाग्रीहरु आजको बदलिदो युगमा प्रबिधि युक्त हुनुपर्छ, पुरानो घिसिपिटे शैलीको शिक्षण युगबाट आजका बालबालिकाहरुलाई मुक्त गराउनु पर्छ भन्ने उहाँको मान्यता छ ।
देश तथा समाज परिवर्तनका लागि उनको यहि नै बलियो कडी हो । शिक्षामा पहिलो सुधार ल्याउनुले हरेक मानवहरु शिक्षित हुनेछन र हरेक क्षेत्रमा त्यसले शैक्षिक प्रभाब पार्ने छ, त्यसका लागि प्रबिधि युक्त शिक्षा जुटाउनु पर्छ भन्ने उहाँको दुरदृष्टि छ ।
शिक्षा ग्रहण गर्ने र गराउने पुरातन शैलीलाई तोड्न सम्बन्धित सरकारी निकायहरु मौन भैरहेको बेला सापकोटाले ई(शिक्षाको प्रबिधि प्रयोगमा ल्याउन ठुलो भूमिका खेल्नुभयो। ई(लाइब्रेरी फाउन्डेसन संस्था निर्माण गरेर उक्त फाउन्डेसन मार्फत नेपालका विभिन्न बिद्यालयहरुमा प्रबिधि द्वारा शिक्षण गर्ने र गराउने अभियानमा जुट्नुभयो।
जब २००३ मा गैर आवासीय नेपाली संघ स्थापना भयो, तब एनआरएनमा आबद्द भएर कम्प्युटर शिक्षालाइ प्राथमिकतामा राख्दै एनआरएनकै अभियान्ताहरुको सहयोगमा नेपाल लाइब्रेरी फाउन्डेसन र ओपन लर्निङ्ग एक्स चेन्ज प्रोग्रामले संचालनमा ल्याएको इ(पाठ सफ्टवेयरलाई सोम सापकोटाले ई लाईब्रेरी फाउन्डेशन मार्फत देशका बिभिन्न बिद्यालयहरुमा पठनपाठनका लागि स(ओएलईले संचालनमा ल्याएको उक्त सफ्टवेयरबाट बिना इन्टरनेट नेपालका बिद्यालय संग सम्बधित १८ हजार भन्दा धेरै पुस्तकलाई उक्त सफ्टवेयर डिभाइसमा उपलब्ध गराई सहजै पढ्न मिल्ने प्रविधिलाई बिस्तार गर्न सापकोटाको फाउन्डेसनको महत्वपूर्ण भुमिका रहेको छ । सापकोटा नेपाल लाइब्रेरी फाउन्डेसन अन्तर्राष्ट्रिय कोअर्डिनेटर समेत भएर काम गर्नुभएको छ ।
आधुनिक प्रबिधिको शिक्षा ‘ई-पाठ’लाई बिस्तार गर्न देशका विभिन्न दुर्गम तथा सहरका बिद्यालयहरुमा ई-लाइब्रेरी स्थापना गर्ने अभियानमा जुट्नुभएको थियो। सापकोटाले ई(शिक्षाको सुरुवात २०१४ देखि आफुले पढेको बाग्लुङको काँडेबास ९ को जन जागृति माध्यमिक बिद्यालयबाट सुरुवात गर्नुभयो ।
गैरआवासीय नेपाली संघको माध्यमबाट उहाँको यो शिक्षा माथिको नयाँ आयाम आज देशभरिका विभिन्न जिल्लाहरुमा ८० भन्दा बढी लाइब्रेरी स्थापना भएका छन्, जसमा ६ करोड भन्दा धेरै लगानी भएको छ। बिशेषगरि सामुदायिक बिद्यालय र सामुदायिक पुस्तकालयमा विस्तार भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *